२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा

झिलिमिली जानकी मन्दिर- फोटो फिचर

झिलिमिली जानकी मन्दिर- फोटो फिचर
अ अ+ अ-

काठमाडौं । जानकी नवमीको अवसरमा शनिबार साँझ जनकपुरधामस्थित झिलिमिली जानकी मन्दिर निकै झिलिमिली देखिएको छ । मन्दिर प्राङ्गणमा सवा लाख दीप प्रज्वलन गर्नका लागि भक्तजनहरु उपस्थित भएका छन् ।

प्राचीन मिथिलाको राजधानी र हाल मधेश प्रदेशको राजधानी जनकपुरधाममा रहेको जानकी मन्दिर विश्वभरका हिन्दूहरुको आस्थाको केन्द्र हो । यो मन्दिर निकै सुन्दर छ । अझ साँझको समयमा त झिलीमिली बत्तीले मन्दिरको सुन्दरतामा झन् निखारा ल्याउँछ । जनकपुरधामको मुटुमा अवस्थित जानकी मन्दिर, साँझको झिलिमिलीमा निकै आकर्षक देखिन्छ।

दिनभर भक्तजनहरूको चहलपहलले गुञ्जायमान हुने यो मन्दिर, साँझ पर्नासाथ एकदमै भव्य र दिव्य देखिन्छ। सूर्य अस्ताउन लाग्दा मन्दिर परिसरमा बत्तीहरू बल्न थाल्छन्। रंगीन झिलिमिली बत्तीहरू मन्दिरका गजुरदेखि द्वारहरू हुँदै सम्पूर्ण संरचनालाई सुनौलो र पारिजात रंगले ढाक्छ। जसका कारण मन्दिर निकै मनमोहक देखिन्छ ।

साँझपख आरतीको समय हुँदा भक्तजनहरूको भिड अझ बढ्छ। शंख, घण्टा र मृदङ्गको मधुर ध्वनिले वातावरण नै आध्यात्मिक बनाइदिन्छ। ‘सीता राम’ का आवाज गुञ्जिन्छन्, जसले मनलाई शान्त र आस्थावान बनाउँछ।साँझमा झिलिमिली बत्तीसँगै यसका कलात्मक झ्याल, स्तम्भ, मेहराब, गजुर, र शिखरहरू झनै मनमोहक देखिन्छन्। साँझपख जानकी मन्दिरको भ्रमण गर्दा यसका भव्यता, धार्मिक आस्था र सांस्कृतिक वैभवको अद्भुत संयोजन अनुभव गर्न पाइन्छ।

जानकी अर्थात् सीताको यो मन्दिर पवित्र हिन्दु धर्मस्थल हो । यो मन्दिर मुगल शैलीमा बनाइएको छ । नेपालको ख्याती प्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ । विदेह राज्यको १,४८० वर्ग मिटर ९१५,९३० वर्ग फिट० क्षेत्रफलमा पूर्ण रूपमा चम्किलो सेतो रंगमा निर्मित, यो ढुङ्गा र सङ्गमरमरले बनेको तीन तले संरचना हो ।

मन्दिरको भित्तामा मिथिला कला (मधुबनी) चित्रहरू छन् । यसका सबै ६० कोठामा नेपालको झन्डा, रंगीन काँच, नक्काशी र चित्रकला, जालीका झ्याल र बुर्जले सजाइएको छ ।

हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ । भारतको मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ ।

सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मन्दिर निर्माण पूरा भएको थियो । मन्दिर मिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर पनि हो । मन्दिरको वार्षिक क्यालेन्डर अनुसार जन्मदेखि मृत्युसम्म प्रायस् सम्पूर्ण क्रियाकलाप मिथिला विधि अनुरूप हुने गरेको छ ।

राम जन्मको अवसरमा हरेक चैतमा रामनवमी, वैशाखमा जानकी नवमी, मङ्सिरमा रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, साउन–भदौमा झुला, फागुनमा परिक्रमालगायत मनाइनु यसका उदाहरण हुन् ।

प्रत्येक महिनाका पूणिर्मामा हजारौ श्रद्धालु भक्तजन सहभागी हुन्छन् । यस मन्दिरलाई नेपाल सरकारले विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न प्रयास जारी राखेको छ ।

तस्बिर: अमरेन्द्रकुमार यादव/रासस