२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजपा नेपाल विजयी, काङ्ग्रेसका १५ मत



अ+ अ-

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को उपनिर्वाचनमा राजपा नेपाल विजयी भएको छ । सो पार्टीका प्रमिलादेवी यादव ५४० मत ल्याई वडाध्यक्षमा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनुभयो । यादव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अच्छेलाल यादवभन्दा ११ मत बढी ल्याई निर्वाचित हुनुभएको हो ।

यसअघि वडाध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार बनेका अच्छेलाललाई आठ मतको मतको अन्तरले पराजित गरी राजपा नेपालका प्रभाकर यादव निर्वाचित हुनुभएको थियो । उहाँ जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि रिक्त सो पदका लागि उपनिर्वाचन भएको हो । निर्वाचित प्रमिला प्रभाकर यादवकी श्रीमती हुनुहुन्छ ।

मतगणनाअनुसार नेपाली काङ्ग्रेसका शिवनारायण मण्डलले १५, जनमत पार्टीका दिनेश यादवले ११, राष्ट्रिय प्रजातन्त्र पार्टीका गजेन्द्र मण्डलले दुई, स्वतन्त्र उम्मेवारहरू नुरहसन मन्सुरीले दुई र धीरेन्द्रकुमार यादवले एक मत प्राप्त गर्नुभयो । वडाध्यक्षको उपनिर्वाचनमा ७५७ पुरुष र ६४६ महिला गरी एक हजार चार सय तीन मतदाता थिए ।