२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस्, सार्वजनिक जीवन नै त्यागिदिन्छु : अर्थमन्त्री डा.वाग्ले सोफिया तामाङ बनिन् टेकस्किल्स आईटी स्कलरसिप ग्राण्ड फिनाले २०२६ की विजेत ५६ वर्षपछि नयाँ चलचित्र ऐन आउँदै, देशभर थप ५० सिनेमा हल बनाउने बोर्डको योजना लागुऔषध नियन्त्रणका लागि नेपाल प्रहरीको तीन वर्षे कार्ययोजनाः ऐन संशोधनदेखि प्रविधि विस्तारसम्म लागुऔषध नियन्त्रणका लागि मौजुदा संरचना र कानून अपर्याप्तः निश्कल राई लागुऔषध नियन्त्रणका लागि जनचेतना र बजेटमा जोड दिन सांसद अर्यालको माग लागुऔषध नियन्त्रणमा राज्यका निकायको ‘मिलेमतो’ र कमजोर संरचनाप्रति सांसद दुलालको चिन्ता नेपालमा लागुऔषध दुर्व्यसनीको सङ्ख्यामा वृद्धिः १९ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरू चपेटामा मकवानपुरको भीमफेदी–बैदमार जीप दुर्घटनामा इन्जिनियरसहित चालकको मृत्यु काठमाडौँका यी १७ ठाउँमा ३ दिनसम्म दैनिक साढे ३ घण्टा विद्युत् आपूर्ति बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुर्चौंडी नगरपालिकाद्वारा खेलाडीलाई सम्मान



अ+ अ-

बैतडी। बैतडीको पुर्चौंडी नगरपालिकाले खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

१६औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी ६८ जना खेलाडीलाई नगरपालिकाले नगदसहित सम्मान गरेको हो ।

खेलाडीको मनोबल बढाउन नगरपालिकाले प्रोत्साहन स्वरुप नगदसहित सम्मान गरेको नगरप्रमुख दीपकबहादुर बमले जानकारी दिनुभयो । प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई जनही रु दुई हजार ५००, रजत पदक प्राप्त गर्ने २१ जनालाई रु दुई हजार र काश्य पदक प्राप्त गर्ने खेलाडीलाई रु एक हजार ५०० प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँस्थित निङ्गलाशैनी खेलमैदानमा भएको १६औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १२ स्वर्ण, नौ रजत र सात काश्य गरी २८ पदकसहित पुर्चौंडीले लगातार दोसोपटक उपाधि जितेको छ । रासस




भर्खरै