२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा समेत झुटो बोल्नुभयोः ज्ञानबहादुर शाही गृह मन्त्रालयलाई थप स्रोत चाहियो, बजेट वृद्धि गर्न गृहमन्त्री गुरुङको आग्रह ‘नामी ओपन हाउस कार्निभल २०८३’ आयोजना हुँदै बिपी अस्पताल सुधार गर्ने प्रतिबद्धता अनुमतिबिनै सञ्चालित ‘मारिया अस्पताल’ बन्द, सञ्चालकमाथि कारबाही प्रक्रिया सुरु ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व सङ्कलन प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीको अवरोध कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ



अ+ अ-

काठमाडौँ। केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा फरार टेलर हेड रोहितलाल श्रेष्ठलाई पक्राउ गरेको छ ।

उक्त बैंकको नक्कली कागजात, छाप, बैंक कर्मचारी र सुरक्षा गार्डसमेत तयार गरी बैंकलाई झुक्काई हानी नोक्सानी गरेको मुद्दामा सर्वोच्च अदालतबाट २०८० असोज १५ गते दुई वर्ष कैद सजाय तोकिएका उनलाई आज महाराजगन्जबाट पक्राउ गरिएको हो ।

अदालतले उनलाई रु १३ लाख ३३ हजार ३३३ जरिवानासमेत गरेको थियो । सो बैङ्कको ठमेल शाखामा जुनियर असिष्टेन्ट पदमा कार्यरत उनले टेलर हेडको जिम्मेवारीमा रहदा उक्त घोटाला गरेको अनुसन्धानबाट खुलेको छ ।

निज श्रेष्ठलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको व्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । रासस