१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकिङ कसुरको आरोपमा एक पक्राउ



अ+ अ-

काठमाडौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुर गरेको आरोपमा काठमाडौँको काँडाघारीबाट आज एक व्यक्तिलाई पक्राउ गरेको छ । 

पक्राउपर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–८ का ३० वर्षीय अनुप पाण्डे रहेको ब्युरोले जनाएको छ । पाण्डेविरुद्ध बैंकिङ अपराध कसुरमा जिल्ला प्रहरी कार्यालय दाङमा गेहेन्द्रबहादुर बस्नेतको जाहेरी परेको थियो । 

उक्त मुद्दामा अनुसन्धानका लागि उच्च अदालत तुलसीपुरबाट यही फागुन २५ मा पक्राउ पूर्जी जारी भएकामा खोजतलासका क्रममा आज उनलाई काठमाडौँ महानगरपालिका–३२ काँडाघारीबाट पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।

 इञ्जिनीयरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालीबाट साइड ठेक्का सम्झौता गरी निर्माणको जिम्मा लिएका पाण्डेले सानिमा बैंकको आफ्नो खातामा रकम नभएको जानीजानी जाहेरवाला बस्नेतको सवारी साधन प्रयोग गरी भाडाबापतको रकममध्ये रु एक करोड आठ लाख ५७ हजारको चेक दिएका थिए । 

 उक्त चेक नसाटिएपछि बैकिङ कसुर गरेको आरोपमा प्रहरीमा परेको जाहेरीका आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले बस्नेतलाई भाडाबापत रु एक करोड ४४ लाख १७ हजार दिनुपर्ने जाहेरीमा उल्लेख छ । पाण्डेलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय दाङ पठाउने ब्युरोद्वारा आज जारी सूचनामा उल्लेख छ ।