३१ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुटिया र बिपीनगरदेखि ताक्लाकोटसम्मको सडक खण्ड पहिलो प्राथमिकताः मुख्यमन्त्री भट्ट



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले खुटिया र बिपीनगर हुँदै बझाङको ताक्लाकोट जोड्ने सडक प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । ताक्लाकोट सडक पुर्याउन सके मानसरोवर क्षेत्रमा आउने पर्यटकका कारण यहाँको विकास हुनसक्ने उहाँले बताउनुभयो ।

डोटीको जोरायल गाउँपालिका–५ मा रहेको महेन्द्र आधारभूत विद्यालयको ५८ औँ वार्षिकोत्सवमा मुख्यमन्त्री भट्टले कैलालीको खुटियादेखि डोटीको दिपायल जोड्ने सडक अहिले बिपीनगरदेखि गड्सेरासम्म जोडिएको र केही समयभित्र बाँकी रहेको भागमा समेत जोडिने बताउनुभयोे । उहाँले भन्नुभयो, “बिपीनगर, गड्सेरासम्म सडक जोडिसकेका छौँ, केही दिनमा बाँकी रहेको कामपनि पूरा हुनेछ, विकासका लागि केन्द्र सरकारको भरमा परेर अब सुदूरपश्चिम सरकार अल्मलिने छैन् ।”

मुख्यमन्त्री भट्टले डोटीको जोरायलदेखि गड्सेरा जोड्ने सडकमा यो आर्थिक वर्षमा कुल रु ७७ करोड बजेट विनियोजन गरिएकाले उक्त सडक चाँडै गड्सेरा जोडिएर कालोपत्रको काम सुरु हुने जानकारी दिनुभयो । समग्र सुदूरपश्चिम प्रदेशको विकासका लागि प्रदेश सरकार लागिपरेको उहाँले भन्नुभयो, “सुदूरपश्चिमको विकासका लागि प्रदेश सरकार खप्तडसहित अन्य पर्यटन क्षेत्रको विकास, सडक सञ्जाल विस्तारमा जुटेको छ । हामी आफ्नै लगानीमा यहाँको विकासका काम गर्नेछौँ ।”

एक प्रसङ्गमा मुख्यमन्त्री भट्टले सरकारी कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरी सरकारी विद्यालयमा अनिवार्य पढाउनुपर्ने बताउँदै भन्नुभयो, “म मुख्यमन्त्री हुँ, मैले छोरा छोरी राम्रो नाम चलेको निजी स्कुलमा पढाउन सक्थें तर मेरा छोराछोरी सरकारी स्कुलमा छन्, अब यो प्रदेशका सबै सरकारी कर्मचारीका छोराछोरी पनि सरकारी स्कुलमा पढाउनुपर्छ ।”

कार्यक्रममा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले महेन्द्र आधारभूत विद्यालयको पढाइदेखि अन्य भौतिक पूर्वाधार विकासका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक भानुभक्त थापाले विद्यालयको स्तरोउन्नतिका लागि विभिन्न मागसहितको ज्ञापनपत्र प्रस्तुत गर्नुभएको थियो ।