२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतमा वर्षौंदेखि जीर्ण नहर मर्मत नहुँदा किसान मर्कामा



अ+ अ-

काठमाडौं । वर्षौंदेखि जीर्ण अवस्थामा रहेको सिँचाइ नहर मर्मत नहुँदा धानखेतीको पकेट क्षेत्रका रूपमा रहेको पर्वतको फलेवासका किसान पर्कामा परेका छन् ।

फलेवास नगरपालिका–४, ५ र ६ का किसानले सिँचाइका लागि ४० वर्षदेखि प्रयोग गर्दै आएका उक्त सिँचाइ नहर मर्मत नहुँदा समस्यामा परेका हुन् । विसं २०४१ मा निर्माण भएको नहर हालसम्म मर्मत नभएको स्थानीय बताउछन् ।

सात किलोमिटर लामो नहर फलेवास र माटेदवल गरी दुई शाखामा विभाजन गरिएको छ । शाखा नहर पनि मर्मत नहुँदा जीर्ण अवस्थामा पुगेको किसानको गुनासो छ । नहरबाट करिब एक हजार १०० परिवार लाभान्वित हुँदै आएका फलेवास–६ देविस्थानका कृषक ओमप्रसाद भुसालले जानकारी दिए।

धान, आलु, गहुँ, तोरी, फापर, जौलगायत विभिन्न खाद्यान्न बाली उत्पादन हुँदै आएको उहाँले बताउनुभयो । उक्त नहरबाट २९६ हेक्टर जमिनमा सिँचाइ हुँदै आएको छ । लमायखोलाको मुहानबाट सुरु हुने फलेवास सिँचाइ नहर जिल्लाको सबैभन्दा ठूलो र लामो नहरका रूपमा चिनिने फलेवास जल उपभोक्ता समितिका सचिव किशोर रेग्मीले जानकारी दिए।

नहर मर्मत नहुँदा हिउँदे सिँचाइ ठप्प बनेको छ भने वर्षायाममा धानको बीउ राख्न र रोपाइँ गर्न समस्या हुँदै आएको किसान भुसालले गुनासो गरे । नहर मर्मतका लागि कुनैपनि निकायवाट पहल नभएको उनको भनाइ छ ।

“सिँचाइ नहर मर्मत नहुँदा पानी पाइँदैन, खेतबारीमा उब्जनी पनि घट्दै गएको छ । कतिपय खेत बाँझै राख्नुपर्ने अवस्था छ । बर्खामा खेती गर्ने ठाउँमा नहर नबन्दा हिउँदमा खेती गर्न पाइएको छैन । हरेक वर्ष पहिरो पन्छाउँदै नहर सफा गर्दै पानी ल्याउनुपर्ने बाध्यता छ”, उनले भने ।

पछिल्लो समय जीर्ण नह् मर्मत नहुँदा समस्या झन् जटिल बन्दै जाँदा बर्सेनि पहिरोको जोखिम पनि बढाएको किसान रमेश चापागाईंले बताए  । वर्षायाम सुरु भएसँगै नहरका विभिन्न स्थानमा पहिरो खस्ने र संरचना भत्किने क्रम दोहोरिने गरेकाले सरोकार भएका निकायले तत्काल समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए । किसानले सामान्य मर्मत गरेर प्रयोग गरे पनि केही समयपछि पुनः बिग्रने भएकाले समस्या दीर्घकालीन रूपमा समाधान हुन नसकेको उनको भनाइ छ ।

तीनै तहका सरकारको बेवास्ताका कारण उर्बराभूमि बाँझो हुँदै गएको चापागाईंले बताए  । एकातिर पानीको स्रोत सुक्ने, अर्कोतर्फ नहर मर्मत नहुने कारणले किसानको खेतीपातीतर्फ आकर्षण घट्दै गएको चापागाईंले धारणा राखे । नहर सुधारका लागि बर्सेनि बजेट आउने गरेको भन्दै उनले त्यो अत्यन्त न्यून हुने गरेकाले दीर्घकालीन समाधान भने हुन नसकेको बताए ।

फलेवास जल उपभोक्ता समितिका सचिव रेग्मीका अनुसार नहर मर्मतका लागि आवश्यक बजेट नहुँदा समस्या झन् जटिल बन्दै गएको छ । गत आर्थिक वर्ष २०८१÷०८२ मा नहर मर्मतका लागि रु ७० लाख बजेट आएको जनाउँदै उहाँले यस वर्ष घटेर रु १० लाखमा सीमित भएको बताए ।

“गत वर्ष आएको बजेटले करिब ३०० थान ग्यावियन जाली भर्ने र ४५ मिटर वाल लगाउने काम ग¥यौँ, तर त्यो पनि पर्याप्त भएन । अझै थप काम गर्नुपर्ने देखिएको छ”, रेग्मीले भने ।

उनका अनुसार यस वर्ष आएको रु १० लाखबाट देवीस्थानस्थित नगर अस्पताल नजिकको शाखा नहरमा मेसिनरी वाल लगाउने तयारी गरिएको छ ।




भर्खरै