२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण News Polar कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

विद्युत व्यापार र प्रशारण लाइनमा निजी क्षेत्रलाई ढोका खोल्न इप्पानको माग

विद्युत व्यापार र प्रशारण लाइनमा निजी क्षेत्रलाई ढोका खोल्न इप्पानको माग
अ अ+ अ-
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले जलविद्युत क्षेत्रको तीव्र विकास र सरकारले अघि सारेको ३० हजार मेगावाट उत्पादन लक्ष्य पूरा गर्न विद्युत व्यापार तथा प्रसारण लाइनमा निजी क्षेत्रलाई अनुमति दिनुपर्ने माग गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा जलविद्युत आयोजना निर्माणका सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले ऊर्जा क्षेत्रका मुख्य समस्या प्रसारण पूर्वाधारमा केन्द्रित रहेको उल्लेख गर्दै यस क्षेत्रमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताएका हुन् । उनका अनुसार प्रसारण लाइनमा देखिएको अवरोधका कारण उत्पादन क्षमता हुँदाहुँदै पनि अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन।

वरिष्ठ उपाध्यक्ष डाँगीले सुदूरपश्चिम प्रदेशमा १८ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादनको सम्भावना रहे पनि हाल केवल १५९ मेगावाट मात्र उत्पादन भइरहेको अवस्थालाई दुःखद् भएको टिप्पणी गरे। वि.सं. २०५५ सालदेखि निजी क्षेत्रलाई ऊर्जा उत्पादनमा प्रवेश दिइएपछि हालसम्म करिब ३ हजार ५ सय मेगावाट विद्युत उत्पादन भइसकेको उल्लेख गर्दै उनले सोही ढाँचाको उदार नीति अन्य क्षेत्रमा पनि आवश्यक रहेको धारणा राखे।

उनले सुदूरपश्चिम, विशेषगरी दार्चुला क्षेत्रबाट उत्पादित विद्युत भारत निर्यात गर्न भौगोलिक रूपमा सहज पहुँच रहेको भन्दै यसलाई अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए । “यत्रो सम्भावना हुँदाहुँदै पनि हामीले पूर्ण रूपमा उपयोग गर्न सकेका छैनौँ,” उनले भने, “जसरी २०५५ सालमा सरकारले निजी क्षेत्रलाई ऊर्जा उत्पादनमा खुला रूपमा प्रवेश गरायो, त्यसैगरी अहिले विद्युत व्यापार र प्रसारण लाइनमा पनि नेपाल विद्युत प्राधिकरणको एकाधिकार अन्त्य गरी निजी क्षेत्रलाई अनुमति दिनुपर्छ।”

प्रसारण लाइन र विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश नदिएसम्म ३० हजार मेगावाट उत्पादन लक्ष्य हासिल गर्न कठिन हुने उनको भनाइ छ। साथै, जलविद्युत आयोजनाले स्थानीय स्तरमा विकास र समृद्धि ल्याउने उल्लेख गर्दै उनले स्थानीय शेयर वितरणमा निजी क्षेत्र संवेदनशील रहेको पनि स्पष्ट पारे ।

सरकारले १० वर्षभित्र ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने महत्वाकांक्षी योजना अघि सारेको सन्दर्भमा निजी क्षेत्र पूर्ण रूपमा तयार रहेको तर त्यसका लागि आवश्यक पूर्वाधार विकास र नीतिगत वातावरण निर्माणमा सरकारले सक्रियता देखाउनुपर्नेमा उनले जोड दिए।