२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुधन गएका थिए छानबिन समिति माग्न, तर प्रधानमन्त्रीले मागे राजीनामा



अ+ अ-

काठमाडौँ । आज त्यस्तै पौने २ बजेतिर गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न सिंहदरबार पुगे । त्यसबेला प्रधानमन्त्री कार्यालयका अधिाकरीहरुलाई पनि उहाँ आउेन सूचना थिएन ।

उनी अकस्मात भित्र छिरे र आफ्ना विरुद्धमा मिडिया र सोसल मिडियामा निकै विरोध भइरहेकाले सत्यतथ्य बाहिर ल्याउने गरी एउटा छानबिन समिति बनाइदिन आग्रह गरे ।

उनी प्रधानमन्त्रीको कार्यकक्ष छिर्नासाथ कुर्सीमा पनि नबसी सो समिति बनाइदिन आग्रह गरेका थिए । त्यसपछि प्रधानमन्त्री एकछिन केही नबोली बसिरहे ।

त्यसो त हिजो पनि गुरुङले प्रधानमन्त्रीलाई भेटेर यही प्रस्ताव गरेका थिए । तर उनको सो मागका पक्षमा प्रधानमन्त्री थिएनन् । प्रधानमन्त्रीले हिजो पनि सुधनलाई राजीनामा दिन नै भनेका थिए ।

सचिवालय स्रोतका अनुसार आज पनि सुधनको सो माग सुन्नासाथ प्रधानमन्त्रीले भनेका थिए– ठिकै छ, त्यो समिति त बनाउँला, बनाउनु पनि पर्छ । त्यसले छानबिन पनि गर्छ । यदि निर्दोष ठहरिएमा तपाइँ पुनः गृहमन्त्री बन्न सक्ने अधिकार छँदैछ, तर अहिले चाहिँ राजीनामा गर्नुहोस् ।

त्यसपछि गृहमन्त्री गुरुङले गोजीबाट राजीनामा झिकेर प्रधानमन्त्रीलाई बुझाएका थिए । राजीनामा दिएको केही मिनेटमै गृहमन्त्री गुरुङ हस्त धन्यवाद भन्दै त्यहाँबाट बाहिरिएका थिए ।

प्रधानमन्त्रीको सचिवालय स्रोत भन्छ– जसरी राजीनामा पनि बोकेरै बुझाउने गरी नै उहाँ आउनुभएको थियो, ठिक त्यसैगरी उहाँले फेसबुक स्टाटस पनि पहिले नै तयार पारेको हुनुपर्छ । किनभने उहाँ यहाँबाट बाहिरिए लगत्तै फेसबुकबाट आफूले राजीनामा दिएको घोषणा गर्नुभएको थियो ।

मन्त्री गुरुङले आफैँले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख नभएका अपारदर्शी सम्पत्तिहरुको सूचनाहरु विभिन्न मिडियामा सार्वजनिक हुन थालेपछि गृहमन्त्री सुधन निकै अत्तालिएको समाचार स्रोतको दाबी छ ।

त्यसैकारण मंगलबार पनि उनले प्रधानमन्त्री बालेन र पार्टी सभापति लामिछानेसँग दुई–दुईपल्ट भेटेर कुरा गरेका थिए । ती भेटमा पनि उनले छानबिन समिति बनाएर आफ्नो सम्पत्ति र त्यसको आर्जन पृष्ठभूमि खोतल्ने अवसर दिनुहोस् भनेर भनेका थिए ।

सम्भवत आज पनि उनी यसै विषयमा अन्तिम पटक अनुरोध गर्छु नमानेमा राजीनामा दिनेछु भनेर प्रधानमन्त्री भेट्न गएको हुनुपर्छ ।

उनी त्यहाँ पुगेका थिए छानबिन समिति माग्न, तर पनि प्रधानमन्त्रीले चाहिँ हिजोकै राजीनामाको अडान दोहोर्याएपछि उनले कुनै सवाल जवाफ नगरीकनै गोजीबाट राजीनामा झिकेर बुझाएर हिंडेका थिए ।