२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको निष्ठा र आदर्शमा शंका नगर्न थापाको आग्रह



अ+ अ-

काठमाडौं । अमेरिकामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफूहरू हिडिँराखेको अपठ्यारो भएको बताएका छन्। राप्रपा अरू दलभन्दा फरक विचार र बाटोबाट हिँडिराखेको बताउँदै उनले आफूहरूले अवलम्बन गरेको बाटो सही, उपयुक्त भए पनि कठीन रहेको बताए हुन्।

अमेरिकाको बाल्टिमोरमा राप्रपा निकट प्रवासी नेपाली एकता समाजको तेस्रो अधिवेशन उद्घाटन गर्दै थापाले भने, ‘कतिपयले दुस्साहसपूर्ण बाटो भनेतापनि नेपालको लागि राप्रपाले अबलम्बन गरेको बाटो सही, उपयुक्त तर कठिन छ।’

उनले राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकासमा पार्टी र पार्टीभन्दा माथि उठेर विवेकको प्रयोग गर्ने अवस्था नरहेको भन्दै अध्यक्ष थापाले देशमा डरलाग्दो ठूला भ्रष्टाचारका काण्ड भइरहेकाले राप्रपाको निष्ठा र आदर्शमा शंका नगर्न पनि आग्रह गरे।

‘हरेक काण्डमा स्वतन्त्र र स्वाभिमानी जनताभन्दा पार्टीको कार्यकर्ता भएर निर्णय गर्दा र निर्वाचनमा मतदान गर्दा नागरिक आवाज कमजोर हुँदै गएको छ,’ उनले भने।