२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पले इरानसँगको युद्धविरामलाई निरन्तरता दिए



डोनाल्ड ट्रम्प
अ+ अ-

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार समाप्त हुने दुई हप्ताको युद्धविरामलाई थप लम्ब्याउने बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार इरानसँगको युद्धविरामलाई विस्तार गर्ने घोषणा गरेका छन्, किनकि हालको दुई हप्ताको युद्धविराम बुधवार राति समाप्त हुँदै थियो ।

अमेरिकी राष्ट्रपतिले प्रश्ताव पेश नभएसम्म र छलफल निष्कर्षमा नपुगेसम्म युद्धविराम लम्ब्याउने बताउनु भयो । यद्यपि अमेरिकी सैन्य बलले इरानविरुद्धको नाकाबन्दी जारी राख्ने र तयार र सक्षम रहने ट्रम्पले बताउनु भयो ।

ट्रम्पले युद्धविराम लम्ब्याउने सम्भावना अत्यन्त कम भएको बताउनुभएको थियो । मंगलवार बिहान अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै उहाँले आफू युद्धविराम गर्न नचाहेको र इरानसँग कुनै सम्झौता नभएमा पुनः बमबारी गर्ने धम्की समेत दिएका थिए । अ

मेरिकी उप–राष्ट्रपति जेडी भान्स, जसको पाकिस्तान भ्रमण हाल स्थगित गरिएको छ, ह्वाइट हाउसमा महत्वपूर्ण बैठकहरूमा सहभागी भएको रिपोर्ट गरिएको छ ।

साथै ट्रम्पका विशेष दुत स्टीव विटकफ र उनका ज्वाइँ जेरेड कुश्नर पनि बैठकमा सामेल थिए । इरानी विदेश मन्त्री अब्बास अराघचीले अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी गरेर युद्धविरामको उल्लंघन गरेको टिप्पणी गर्नुभएको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले भनेका छन् कि इरानले अझै शान्ति वार्तामा सहभागी हुने वा नहुने निर्णय गरिसकेको छैन । किनकि उनीहरू वाशिंगटनबाट आएका विरोधाभासी सन्देशहरूबाट असन्तुष्ट छन् । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल