४ श्रावण २०८३, सोमबार
,
Latest
पुँजी बजारलाई सरकारको उच्च प्राथमिकता, सुधारमा तीव्रता दिने प्रधानमन्त्री शाहको प्रतिबद्धता चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट पाँच जनाको मृत्यु दमकमा खैरो हेरोइनसहित एक पक्राउ चितवनमा आठ हजार मेट्रिकटन मल बिक्री भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दर्ता गराउन सरकारको अन्तिम आह्वान बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद दुईदिने साप्ताहिक बिदापछि सार्वजनिक बिदा पुनरावलोकन गरिने, सरकारद्वारा कार्यदल गठन काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवतीको हत्या, आरोपीको खोजी तीव्र अवैध व्यापार गर्नेलाई कडा कारबाही गर्ने वाणिज्य विभागको चेतावनी मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम मूल्यवृद्धि फिर्ता लिन माग गर्दै जेन–जी अभियानले नेपाल आयल निगमलाई बुझायो ज्ञापनपत्र



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय जेन–जी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने माग नेपाल आयल निगमलाई पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ ।
सोमवार अभियानका प्रतिनिधिहरुले निगमको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको हो ।

यसअघि शनिवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो संगठनले २४ घण्टाभित्र मूल्य नघटाए आयल निगम घेर्ने चेतावनी दिएको थियो । सो संगठनका प्रवक्ता वीरजंग विश्वकर्माले इण्डियन आयल कर्पोरेशन बाट खरिद हुने पेट्रोलियम पदार्थको मूल्य निर्धारण प्रक्रियामा पारदर्शिता नभएको आरोप लगाउँदै खरिद मूल्य, कर संरचना र मूल्यसूची सार्वजनिक गर्न माग गरे।

उनका अनुसार मूल्य स्थिरीकरणका लागि उपलब्ध कोष तत्काल प्रयोग गरी उपभोक्तालाई राहत दिनुपर्ने, प्रशासनिक खर्च कटौती गर्दै कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न कडा अनुगमन गर्नुपर्ने तथा हालको आर्थिक संकट अन्त्य नभएसम्म पेट्रोलियम पदार्थको मल्यवृद्धि पूर्ण रूपमा रोक्नुपर्ने जेनजी नागरिक अभियानको माग रहेको छ ।

जउनले सरकारले इन्धनमा कर तथा भन्सार छुट दिने निर्णय गरे पनि त्यसको लाभ उपभोक्तासम्म नपुगेको समेत बताउनु भयो । निगमको कार्यालयमा केही समय नाराबाजी समेत गरेका उनीहरुलाई प्रहरीले रोकेको थियो ।