६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिलाई ‘मिनी संसद’ जस्तै प्रभावकारी बनाउन सभामुख अर्यालको निर्देशन



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा तथा संयुक्त समितिका नवनिर्वाचित सभापतिहरुले आज  सभामुख डोल प्रसाद अर्यालसँग भेट गरेका छन्।

संसद भवनमा भएको उक्त भेटका क्रममा सभापतिहरुले आफ्नो जिम्मेवारी औपचारिक रूपमा सम्हाल्दै आगामी कार्यदिशाबारे छलफल गरेका हुन्।

यस अवसरमा सभामुख अर्यालले संसदीय समितिहरुलाई ‘मिनी संसद’ को रूपमा प्रभावकारी ढंगले अघि बढाउन सभापतिहरुलाई निर्देशन दिएका छन्। उनले समितिको कार्यसम्पादनलाई सक्रिय, परिणाममुखी र जनउत्तरदायी बनाउन जोड दिँदै विधायिकी अभ्यासलाई सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याए।

सभामुख अर्यालले दलगत प्रतिनिधित्वका आधारमा निर्वाचित भए पनि समितिको कार्य सञ्चालनमा दलगत आस्था वा प्रभाव देखिन नहुने स्पष्ट निर्देशन दिए।

उनले संसदीय मर्यादा, निष्पक्षता र संस्थागत स्वतन्त्रतालाई प्राथमिकता दिन आग्रह गर्दै संघीय संसद सचिवालय तथा आफ्नो तर्फबाट आवश्यक सहयोग सधैं उपलब्ध रहने प्रतिबद्धता समेत व्यक्त गरे।

भेटमा सहभागी समितिका सभापतिहरुले आफूहरूलाई प्राप्त जिम्मेवारी पूर्ण निष्ठा र कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए।

उनीहरुले संसदीय मूल्य र मान्यतालाई आत्मसात गर्दै विगतका असल अभ्यासलाई निरन्तरता दिने र समसामयिक आवश्यकता अनुसार समितिका गतिविधिलाई अझ प्रभावकारी र नविन ढंगले अघि बढाउने धारणा राखे।

उक्त अवसरमा प्रतिनिधि सभाका १० वटा र संयुक्त २ वटा गरी १२ वटा संसदीय समितिका नवनिर्वाचित सभापतिहरुको उपस्थिति रहेको थियो।