२४ जेष्ठ २०८३, आईतवार
,
Latest
‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ दिनमा एक सय ४६ विपद्का घटना



अ+ अ-

काठमाडौँ। बितेका छ दिनमा देशभर कुल १४६ विपद्का घटना घटेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर सात जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् ।

विपद्मा परेर ३७ जना घाइते भएका छन् भने १४५ घरपरिवार प्रभावित भएका छन् । छ दिनमा आगलागीका ९३, हुरीबतासका तीन, लेक लाग्ने दुई, डुङ्गा पल्टने एक, चट्याङ चार, सर्पदंश १२, भारी वर्षा दुई, डढेलो २०, जनावर आक्रमण सात, बाढीका दुईवटा घटना घटेका हुन् ।

विपद् प्रभावितको उद्धारका लागि २२९ प्रहरी परिचालित भएका थिए । विपद्मा परेर १९ जना घाइते भएको प्राधिकरणले उपलब्ध गराएको विवरणमा उल्लेख छ । रासस