२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु



अ+ अ-

काठमाडौं । धनुषाको कमला नगरपालिका–७, सिङ्ग्याहीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङका अनुसार स१त ५१२९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा कमला नगरपालिका–६ घर भएका चालक आकाश यादवको मृत्यु भएको हो ।

खेतबाट माटो ओसार्ने क्रममा ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । घटनास्थलको आवश्यक मुचुल्का गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक नेम्वाङले बताए  ।