२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालका हल्लामा नपर्न सञ्चारमन्त्रीको आग्रह



अ+ अ-

काठमाडौं  । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचनाप्रति नागरिक सचेत हुनुपर्ने बताएका छन्।

आइतबार बिहान नुवाकोटको लिखु गाउँपालिका–६ स्थित छहरे बजारमा स्थानीयसँग भेटघाट गर्दै मन्त्री तिमिल्सिनाले पछिल्लो समय ‘सरकारले सबै मन्त्रीलाई नयाँ मोबाइल फोन दिने तयारी गरिरहेको’ भन्ने आशयमा सामाजिक सञ्जालमा फैलाइएको सूचना पूर्ण रूपमा झूटो र बनावटी रहेको स्पष्ट पारे।

उनले यस्ता गलत सूचनाहरू सरकारप्रति अनावश्यक अविश्वास सिर्जना गर्ने उद्देश्यले फैलाइएको हुन सक्ने उल्लेख गर्दै केही व्यक्तिले जानाजानी भ्रम फैलाएको हुन सक्ने बताए। सामाजिक सञ्जालमा आउने कुनै पनि सूचना साझा गर्नुअघि त्यसको स्रोत र सत्यता जाँच गर्न उनले सबैलाई आग्रह गरे।

मन्त्री तिमिल्सिनाले सरकार जनताको करबाट उठेको रकमको सही सदुपयोग गर्न प्रतिबद्ध रहेको बताउँदै यदि कतै दुरुपयोग देखिए नागरिकले निसंकोच प्रश्न उठाउनुपर्ने धारणा राखे। “सत्यमा आधारित प्रश्नले सरकारलाई थप जवाफदेही बनाउँछ,” उनले भने, “तर खराब नियतले फैलाइने गलत सूचनालाई पनि समयमै पहिचान गर्न आवश्यक छ।”

उनले वर्तमान सरकार भ्रष्टाचार र अनियमितताप्रति शून्य सहनशीलताको नीतिमा अघि बढिरहेको उल्लेख गर्दै अब बोल्नेभन्दा काम गरेर देखाउने समय आएको बताए।

परिणाममुखी कामलाई प्राथमिकतामा राखिएको भन्दै उनले गाउँ–गाउँमा पुगेर नागरिकका समस्या सुन्ने र त्यसकै आधारमा नीति निर्माण गर्ने सरकारको योजना रहेको जानकारी दिए।