५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



अ+ अ-

काठमाडौं । बैतडीमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो १ः३० बजे सुर्नया गाउँपालिका–८ स्थित ढोल्यामोड–पुर्चाैडी सडकखण्डमा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकरी दिए ।

सुर्नया–८ का मोटरसाइल चालकसमेत रहेका ३४ वर्षीय जनक लुहारको मृत्यु भएको प्रहरी निरीक्षक सिंहले बताए  । श्रीभावरदेखि पुर्चौडीतर्फ जाँदै गरेको पुर्चाैडी नगरपालिका–५ का २४ वर्षीय अमिर कठायतले चलाएको सुदूरपश्चिम प्रदेश०१०१३प ४२४६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको सुर्नया गाउँपालिका–८ का लुहारले चलाएको से५प ४७१७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परी पुर्चाैडी–५ का २४ वर्षीय मोटरसाइल चालक अमिर कडायत, सोहीका वडाका ३९ वर्षीय हिक्कमत कुँवर, सिगास गाउँपालिका–९ का ३५ वर्षीय जयबहादुर चन्द र सोही ठाउँका ३६ वर्षीय केशवबहादुर चन्द घाइते भएको उनले बताए  ।

घाइतेमध्ये अमिर र हिक्मतलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइते अमिरको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




भर्खरै