२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहबर अन्सारी उद्योग समिति सभापतिमा निर्वाचित, समस्या समाधानको संयन्त्र बनाउने प्रतिवद्धता



अ+ अ-

काठमाडाैँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहबर अन्सारी निर्वाचित भएका छन् ।

शुक्रबार समिति बैठकमा ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले अन्सारीको मात्रै उम्मेदवारी परेकाले निविरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

सभापतिमा निर्वाचित भएपछि अन्सारीले संसदीय समिति भित्रको काम कर्तव्य अधिकार भित्र रहेको आफूले जिम्मेवारी निर्वाह गर्ने बताए । उनले संसदीय समितिको कार्यक्षेत्र भित्र रहेर अब जनताको समस्या समाधान तिर लाग्ने बताएका हुन् ।

सभापति अन्सारीले भने, “संसदीय समितिको जुन टीओआर छ, त्यसमा आधारित भएर काम गर्ने हो । अब समितिले जनताको आवाजहरुलाई सुन्नेछ । यो समिति  प्रतिवेदनमा सिमित रहने छैन । विधेयक अध्ययन गर्ने र सुझाव दिने मात्रै काम समितिले गर्नेछैन । जनताको जीवनमा परेका समस्याहरु समाधान गर्ने संयन्त्रका रुपमा यो समितिले आफूलाई प्रश्तुत गर्नेछ । हिजोका दिनमा समितिहरु कसरी चले र प्रभावकारीता के रह्यो भन्नेबारे यथावत् र्नै छ, आज हामी आउँदै गर्दा समाधन गर्ने संयन्त्रका रुपमा अघि बढाउनेछौँ ।”

उनले समितिलाई समस्या समाधानको महत्वपूर्ण संयन्त्रका रुपमा विकास गरिने समेत बताए ।