२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ



अ+ अ-

काठमाडौं । सरकारी छाप दुरुपयोग गर्नुका साथै कीर्ते हस्ताक्षर गरी चोरीका मोटरसाइकल बिक्री वितरण गर्दै आएको आरोपमा तीन जनालाई प्रहरीले तुलसीपुरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला सल्यान बागचौर नगरपालिका-२ बस्ने २० वर्षीय दीपक भण्डारी, सोही ठाउँका १९ वर्षीय सरोज घर्ती मगर र १९ वर्षीय राजन बिष्ट रहेको जिल्लास्थित प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए।

प्रवक्ता प्रहरी नायब उपरीक्षक बोहराका अनुसार वैशाख १ गते साँझ ५ः०० बजे तुलसीपुर उपमहानगरपालिका-५ माछापुच्छ्रे टोलस्थित थारमारे भण्डारी होटलमा शङ्कास्पद गतिविधि भइरहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षकको कमान्डमा टोली खटिएको थियो ।

प्रहरी टोलीले उक्त स्थानबाट निजहरूका साथबाट विभिन्न सवारी दर्ता किताब र नक्कली छाप बरामद गरिएको हो ।

बरामद सामानमा बा.प्र.०२-०४६ प ३३३२ नम्बरको मोटरसाइकलको सवारी दर्ता किताब एक थान, यातायात व्यवस्था सेवा कार्यालय वीरेन्द्रनगर, सुर्खेतको ‘डिजिटल’ छाप एक थान, रा२प ३११५ नम्बरको सवारी दर्ता किताब एक थान र बाग्मती प्रदेश ०२-०४५ प १७३० नम्बरको यामाहा भि-३ मोटरसाइकल एक थान रहेका प्रवक्ता प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए ।

प्रहरीले उनीहरूविरुद्ध लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत घोराहीबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ ।