३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका प्रवक्ता शर्माले यसकारण गराए सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुढीगण्डकी जलविद्युत परियोजनाको मुआब्जा निर्धारण सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ । प्रवक्ता शर्माले विज्ञप्ति निकाल्दै प्रभावितहरूलाई व्यवहारिक र वैज्ञानिक ढंगले मुआब्जा निर्धारण नगर्दा विवाद उत्पन्न भएको बताएका हुन ।

प्रवक्ता शर्माले १६ गते सार्वजनिक गरिएको मुआब्जा निर्धारण फिर्ता लिएर स्थानीयसँग पर्याप्त छलफल गरी न्यायोचित मुआब्जा निर्धारण गर्नुपर्ने बताएका छन् ।

१२०० मेगावाटको परियोजनालई कांग्रेस नेतृत्वको सरकारले निर्माण कार्य अगाडि बढाए पनि वर्तमान सरकारले झन अन्योलमा पारेको शर्माले आरोप लगाए । ‘वर्तमान सरकार गठन भएपछि यो परियोजनाको भविष्य एक पछि अर्को घटनाका साथ अन्यौलमा पर्दै गएको छ’ शर्माले भने ।

सरकारले स्थानीयलाई विश्वासमा लिनभन्दा झन भड्काउन लागेको प्रवक्ता शर्माले बताए । भने, नागरिकलाई विश्वासमा लिनेतर्फ होइन परियोजनाका लागि नागरिकको समर्थनलाई भड्काउने तर्फ लक्षीत देखिएको छ ।’




भर्खरै