२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणी सिँचाइ : जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो



तस्विर : फाइल
अ+ अ-

काठमाडौं । बाराको जामुनी नदीमा निर्माणाधीन जामुनी ब्यारेजको हेडवक्र्स (बाँध) क्षेत्रमा ‘अटोमेसन गेट’ लगायतका संरचना निर्माण गरिने भएको छ ।

जामुनी ब्यारेजमा हेडवक्र्सलगायत संरचना तयार भए पनि गेटलगायत संरचना अधुरो रहेकाले सिँचाइ परियोजना सञ्चालनमा आउन सकेको थिएन् ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोजप्रसाद पटेलले हेडवक्र्सको अटोमेसन गेटलगायत संरचना निर्माणको काम अघि बढेको जानकारी दिए ।

‘‘जामुनी ब्यारेजको हेडवक्र्सलगायत संरचना धेरै पहिला नै तयार भइसकेको थियो’’, उनले भने, ‘‘हेडवक्र्समा गेटलगायत संरचना नहुँदा सिँचाइको नहरले पूर्णता पाएको थिएन् । केही समय अघि बोलपत्र प्रक्रिया अघि बढेसँगै अब सिँचाइले पूर्णता पाउने आशा जगाएको छ ।’’

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले जामुनीमा हेडवक्र्समा अटोमेसन गेटलगायत संरचना निर्माणका लागि विसं २०८२ असार २० गते निर्माण कम्पनीसँग रु १२ करोड १२ लाख तीन हजार ८१७ लागतमा ठेक्का सम्झौता गरेको थियो ।

सो ठेक्का सम्झौताअनुसार हेडवक्र्सको अटोमेसन गेटलगायत संरचना निर्माण विसं २०८४ साउन २० गतेभित्र निर्माण सम्पन्न हुनुपर्नेछ ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख पटेलले हेडवक्र्सको अटोमेसन गेटलगायत संरचना तोकिएको समयभित्रै निर्माण सम्पन्न गर्नका लागि निर्माण व्यवसायीलाई निर्देशन दिए।

निर्माण कम्पनीका प्रतिनिधि सुरेन्द्रकुमार जैसवालले अहिलेसम्म अटोमेसन गेटलगायत संरचना निर्माणको काम ३० प्रतिशत भएको जानकारी दिए।

‘‘हेडवक्र्सको गेटलगायतका संरचनाको निर्माणको काम भइरहेको छ’’, उनले भने, ‘‘ठेक्का सम्झौताअनुसार नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौँ ।’’

जामुनी सिँचाइबाट बाराको पूर्वी र रौतहटको गरेर करिब साढे नौ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ हुने बताइन्छ । सो नदीबाट ७५० क्यूसेक पानी वितरण गर्न सकिनेछ ।




भर्खरै