२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोखामा विस्केट जात्रा सुरु



अ+ अ-

काठमाडौं । टोखामा विस्केट जात्रा सुरु भएको छ । नेवार समुदायको बाहुल्य रहेको यहाँको सपनतीर्थमा मेला पनि लागेको छ ।

जात्रा व्यवस्थापन समितिका सहसंयोजक गणेशमान श्रेष्ठका अनुसार हिजो मन्दिरबाट गाउँमा रथ ल्याउने र गाउँ परिक्रमा गरी सपनविनायकको रथ यलागः टोलमा, चण्डेश्वरीको रथ थलागः टोलमा र मसानकालीको रथ भूतखेलमा बिसाइएको थियो ।

आज बिहान तीनवटै रथ गाउँ परिक्रमा गरेर मसानकालीको रथ भूतखेलको पाटीमा बिसाएपछि बलि पूजा लिइ कोठु गणेश र मसानकाली दुवै रथ थलागः टोलमा बिसाइन्छ । आज अपराह्न तलेजुबाट सिन्दुरजात्रा गरिन्छ ।

वैशाख ३ गते बिहान तपलाक्षीःबाट सिन्दुरजात्रा गरी देवता हासल टोलमा देव रथ बिसाइन्छभने अपराह्न जीवित देवी कुमारीसहित सिन्दूरजात्रा गरी सरस्वती र महादेवको रथबाहेक अन्य रथ पोखरीमा चोख्याइने उनले जानकारी दिए ।

जात्राको अन्तिम दिन वैशाख ४ गते बिहान बाजागाजासहितको सन्दुरजात्राले गाउँ परिक्रमा गर्ने कार्यक्रम छ । वैशाख ५ गते बिहान लिङ्गो ढालेसँगै जात्रा समापन हुन्छ ।

टोखामा आज सार्वजनिक बिदा विस्केट जात्राका अवसरमा टोखा नगरपालिकाले आज टोखा नगरपालिकाभर सार्वजनिक बिदा दिएको छ ।

गत चैत १५ गतेको टोखा कार्यपालिका बैठकले आज नगरपालिका क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।