४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

अमेरिकाको कोलोराडोमा मनाइयो नेपाली नयाँ वर्ष

अमेरिकाको कोलोराडोमा मनाइयो नेपाली नयाँ वर्ष
अ+ अ-

कोलोराडो। अमेरिकाको कोलोराडोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइएको छ । रक्की माउन्टेन फ्रेण्ड्स अफ नेपाल (आरएमएफएन)को आयोजनाका कोलोराडोस्थित नेपाली घरमा शनिबार नेपाली नयाँ वर्ष २०८३ विशेष कार्यक्रम भव्य रुपमा मनाइएको हो ।

युवा गायक धमेन्द्र सेवानको विशेष प्रस्तुति रहेको नेपाली नयाँ वर्ष कार्यक्रममा कोलोराडोबासी नेपालीहरु नेपाली पोशाकमा सजिएर कार्यक्रममा सहभागी भएका थिए ।

रक्की माउन्टेन फ्रेण्ड्स अफ नेपालकी अध्यक्ष आकृति राईको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथी संस्थाका पूर्वअध्यक्ष विनोद त्रिपाठी, विशेष अतिथीमा कोलोराडोका बौद्धिक व्यक्तित्व प्रा.डा.विजय शर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्मा र संस्थाकै पूर्वअध्यक्ष टीका पौडेल रहेका थिए ।

प्रमुख अतिथी त्रिपाठी, विशेष अतिथीहरु प्रा.डा. शर्मा, विश्वकर्मा तथा पौडेल एवं कार्यक्रमका सभापति आकृति राईले पानसमा दीप बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रम उद्घाटन लगत्तै पत्रकार तथा लेखक विष्णु विवेकको पहिलो पुस्तक ‘घाटगाउँ’को अमेरिकामा विमोचन गरिएको थियो ।

रक्की माउन्टेन फ्रेण्ड्स अफ नेपालका युवा संयोजकसमेत रहेका लेखक विष्णु विवेकसहित प्रमुख अतिथी विनोद त्रिपाठी, विशेष अतिथी प्रा.डा.विजय शर्मा, टीका पौडेल, पदम विश्वकर्मा, आयोजक संस्थाका निवर्तमान अध्यक्ष अर्जुन बगाले र संस्थाकी अध्यक्ष आकृति राईले संयुक्त रुपमा पूस्तक ‘घाटगाउँ’ विमोचन गरेका थिए ।

पुस्तक विमोचनपश्चात साहित्यकार तथा लेखक पदम विश्वकर्माले अमेरिका आएको दुई वर्षमै पुस्तक लेखेर आफ्नो नयाँ परिचय स्थापित गर्नु चुनौतिपूर्ण भएपनि त्यो सम्भव बनाएको भन्दै लेखकको प्रशंसा गरेका थिए ।

पुस्तकका बारेमा रक्की माउन्टेन फेण्ड्स अफ नेपालका निवर्तमान अध्यक्ष अर्जुन बगाले र अध्यक्ष आकृति राईले समीक्षात्मक टिप्पणी गरेका थिए । संस्थाको युवा संयोजकको भूमिकामा रहेर पत्रकारका साथै लेखकको परिचय बनाउने पूस्तक ‘घाटगाउँ’ नेपाली नयाँ वर्ष २०८३ विशेष कार्यक्रममा विमोचन गर्न पाउनु संस्थाका लागि पनि गौरवको विषय भएको अध्यक्ष राईले बताइन् ।

पुस्तक विमोचन पश्चात सांगितिक कार्यक्रमको सुरुवात भएको थियो । जहाँ विभिन्न बालबालिका तथा किशोरकिशोरीले नृत्यहरु प्रस्तुत गरेका थिए । यस्तै कोलोराडोमा सक्रिय गायिका सम्झना पाण्डे, रनिशराज मैनालीले गीत प्रस्तुत गर्दा जेशिका शर्माले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् ।

त्यसपछि मन्चमा उक्लिएका प्रमुख आकर्षक गायक धमेन्द्र सेवानले कोलोराडोमा रहेका नेपालीलाई गाउँदै, नाच्दै र नचाउँदै भरपुर मनोरन्जन दिलाएका थिए । ‘रेशम फिरीरी’, ‘ज्यानै खायो त्यही मोरीको मायाले’, ‘सहीको घर कहाँ होला’ लगायतका गीत गाएर गायक सेवानले कोलोराडोबासी नेपालीलाई छमछमी नचाएका थिए ।

युवा तथा सदाबहार गायकको परिचय बनाएका सेवान अमेरिकाबासी हुन् । क्यालिफोर्नियामा बस्ने भए पनि कोलोराडोमा प्रस्तुति दिनु पाउनु सौभाग्य भएको भन्दै उनले कार्यक्रममा प्रस्तुती दिन बोलाएर स्वागत तथा सम्मान गरेकोप्रति आयोजक रक्की माउन्टेन संस्थालाई धन्यवाद व्यक्त गरे ।

अध्यक्ष राईले कार्यक्रमका सम्पूर्ण अतिथी तथा सहभागीलाई स्वागत गर्दै स्वागत मन्तव्य दिएकी थिइन् । कार्यक्रममा आर्थिक सहयोग गर्ने टाइटल स्पोन्सर, गोल्ड स्पोन्सर र सिल्भर स्पोन्सर लगायत दातालाई सम्मानका साथै प्रोत्साहन प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

यस्तै आकर्षक नृत्य प्रस्तुत गर्ने बालबालिका एव किशोरकिशोरी तथा गायक र गायिकालाई समेत सम्मान तथा प्रोत्साहनपत्र दिइएको थियो । बेलूकी साढे पाँच बजेदेखि सुरु भएको कार्यक्रम राती १० बजे सकिएको थियो ।

रक्की माउन्टेन फ्रेण्ड्स अफ नेपालका युवा संयोजक विष्णु विवेक र सांस्कृतिक सचिव रेखा धौरालीले पालैपालो सञ्चालन गरेको कार्यक्रमको समापन मन्तव्य संस्थाका उपाध्यक्ष हरि गुरुङले दिएका थिए । कोलोराडोको अग्रणी संस्था रक्की माउन्टेनले हरेक वर्ष नयाँ वर्षका साथै नेपाल परेड डे, वनभोज र दसैँ तिहार कार्यक्रम भव्य रुपमा आयोजना गर्दै आएको छ ।