५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठगी मुद्दामा फरार युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक पक्राउ



अ+ अ-

काठमाडौँ। केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी मुद्दामा फरार युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक महेन्द्र केसीलाई आज पक्राउ गरेको छ । ब्यूरोको टोलीले उनलाई सामाखुसीबाट पक्राउ गरेको हो ।

सर्वोच्च अदालतले २०८२ वैशाख २ गते उनीविरुद्ध रु २५ हजार जरिवाना र दुई वर्ष छ महिना कैद सजाय ठहर गरेको थियो । त्यसयता उनी फरार रहँदै आएका थिए ।

ब्यूरोले आजै राजस्व चुहावट मुद्दामा उच्च  अदालत  पाटनबाट रु चार करोड ४४ लाख ८७ हजार ९५७ जरिवाना र एक वर्ष कैद सजाय ठहर भई फरार अङ्कुश सप्लायर्स एण्ड ट्रेडर्सका प्रोपाइटर ३१ वर्षीय प्रवीणकुमार महतोलाई कुलेश्वरबाट पक्राउ गरेको छ ।

निजहरूलाई फैसला कार्यान्वयनका जिल्ला अदालत ललितपुरमा उपस्थित गराइएको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । रासस