९ असार २०८३, मंगलवार
,
Latest
सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढुवासहित अन्यत्र गएपछि दुई गाउँपालिका सचिवविहीन !



अ+ अ-

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दुई गाउँपालिका वडा सचिवविहीन अवस्थामा रहेका छन् । तेमाल र महाभारत गाउँपालिकाको १७ वटै वडामा महिनौँदेखि सचिव नहुँदा कार्यसम्पादनमा निकै असहज भएको बताइएको छ । तेमाल गाउँपालिकामा नौ र महाभारत गाउँपालिकामा आठ वडा रहेका छन् । साविकका वडा सचिवहरु कर्मचारी समायोजनसँगै बढुवासहित अन्यत्र गएपछि दुई गाउँपालिका वडासचिवविहीन भएका हुन् । महाभारत गाउँपालिकाको कुनै पनि वडामा सचिव नभएको अध्यक्ष कान्छालाल जिम्वाले बताए ।

उनले भने, “गाउँ बस्तीमै पुगेका सेवा सुविधा दिलाउने कर्मचारी नहुँदा महिनौँदेखि निकै समस्या झेल्दै आएका छौँ ।” वडा सचिव नहुँदा जन्म, मृत्यु, विवाह, बसाइँसराइ, नागरिकता सिफारिस, सामाजिक सुरक्षाभत्ता वितरणको काम प्रभावित भएको तेमाल गाउँपालिका–७ का वडाध्यक्ष ज्ञानबहादुर तामाङले बताए । “सचिव नहुँदा पञ्जीकरणको काममा निकै समस्या भइरहेको छ”, उनले भने ।

गाउँपालिकाको प्रवक्तासमेत रहेका तामाङका अनुसार गाउँपालिकाले सबै वडामा सचिवको पदपूर्तिका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई गत कात्तिक पहिलो साता पत्र पठाइएको, तर हालसम्म पदपूर्ति भएनन् । हाल १० वडा रहेको भुम्लु गाउँपालिकामा ४, १२ वडा रहेको रोशी गाउँपालिकामा ४ तथा बेथानचोक गाउँपालिकाको ६ मध्ये ३ वडामा मात्रै सचिव छन् ।

यस्तै, कोशीपारि क्षेत्रको चौँरीदेउराली गाउँपालिकाको ९ वडामध्ये दुई सचिव मात्रै रहेको र ७ वडा रहेको डाँडापारीस्थित खानीखोला गाउँपालिकाको एउटा वडामा सचिव छैनन् । खानीखोला गाउँपालिकामा भएका सचिव पनि नियमित वडामा नबस्दा जनप्रतिनिधिले निकै अपजस खेप्नुपरेको प्रवक्ता मानबहादुर गोलेले बताए । काभ्रेपलाञ्चोकमा रहेका सात गाउँपालिकामा ६१ वडा छन् ।