९ असार २०८३, मंगलवार
,
Latest
कञ्चनपुरका चार खाद्य उद्योगमा अनुगमनपछि उत्पादन रोक्का, लाखौँ मूल्यका सामग्री नष्ट सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यकर्मी नहुँदा सेवा प्रभावमा समस्या



अ+ अ-

बेझाड । जिल्लाको पूर्वी भागमा अवस्थित दुर्गम क्षेत्रमा पर्ने निस्दी गाउँपालिका–३ झिरुवामा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भएको छ । नेपाल सरकारको रु दुई करोडको लागतमा दुईतले १६ कोठासहितको नयाँ भवन निर्माण सम्पन्न भएको हो । विसं २०७३ मा शिलान्यास भएको भवन बनेपछि स्थानीयमा खुशियाली छाएको छ । यस स्वास्थ्यचौकीबाट यहाँका करिब पाँच हजार नागरिक लाभान्वित हुनेछन् । यस स्वास्थ्यचौकीमा हाल एक अहेव, एक अनमीसहित चार जना कर्मचारी कार्यरत छन् ।

सात जनाको दरबन्दी रहेको स्वास्थ्यचौकीमा कर्मचारी अभावमा सेवा प्रवाहमा समस्या परेको छ । पुरानो जीर्ण भवनबाट सेवा दिन समस्या परेपछि तीन वर्षसम्म कबुलियती वनको अम्रिसो सङ्कलन भवनबाट सेवा दिन बाध्य रहेको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष लक्ष्मीप्रसाद पाटाले जानकारी दिए । उनले भने, “कर्मचारी र भवन अभावमा यसभन्दा अघि प्रसूति सेवा दिन नसकिएको र अब नयाँ भवन बनेपछि कर्मचारी व्यवस्थापन गरेर छिट्टै नै प्रसूति सेवा सञ्चालन गर्नेछौँ । ”

भवन जीर्ण भएपछि यहाँका स्थानीय, साविक गाविसको सहयोग र समन्वयमा करिब पाँच रोपनी जग्गाभित्र नयाँ भवन बनेको छ । गाउँपालिकाका सात वडामध्ये वडा नं ३, ५ र ७ मा प्रसूति सेवा सञ्चालन हुन सकेको छैन । गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा प्रसूति सेवा सञ्चालन नभएका तीनवटै वडामा छिट्टै नै प्रसूति सेवा सञ्चालन गर्ने कार्यक्रम अगाडि सारेको छ ।

गाउँमा रहेको स्वास्थ्यचौकीबाट प्रसूति सेवा सञ्चालन नहुँदा पैदल करिब डेढ घण्टाको बाटो हिँडेर मित्याल स्वास्थ्यचौकीमै पुग्नुपर्ने बाध्यता छ । यहाँका नागरिकलाई स्वास्थ्य संस्थामा आउन जान निकै कष्ट छ । अब भने नयाँ भवन निर्माण भएसँगै सेवामा सहजता आउने स्थानीयले आशा गरेका छन् ।




भर्खरै