१९ श्रावण २०८३, मंगलवार
,
Latest
अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद ग्यासको अभाव छैन : निगम भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिटुमिन अभावले निर्माणाधिन नागढुङ्गा–मुग्लिङ सडकको काम रोकियो



अ+ अ-

काठमाडौँ: सडक कालोपत्रे गर्न प्रयोग हुने बिटुमिनको अभावले निर्माणाधिन नागढुङ्गा–मुग्लिङ सडकको काम रोकिएको छ ।

निर्माणको मुख्य सिजनमा मध्य पूर्वमा देखिएको तनावले अन्तर्राष्ट्रिय बजारमा बिटुमिन अभाव भएर काम रोक्नु परेको निर्माण कम्पनी ज्याङ्सु सगुन जे.भीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेले जानकारी दिनुभयो । बिटुमिन सप्लाई गर्ने सप्लायरहरुले वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय बजारमा बिटुमिनको चरम अभाव भएको भन्दै अर्डर क्यान्सिल गरिहरको घिमिरे बताउनु हुन्छ ।

निर्माणको अन्तिम चरणमा रहेको  नागढुंगा नौबिसे खण्डको ६ किलोमिटर फाइनल कालोपत्रे सम्पन्न भइसकेको छ । बाँकी ६ किलोमिटर सडक तेस्रो तहको फाइनल पिच गर्दा गर्दै रोकिएको घिमिरे बताउनु हुन्छ । कुल १२ दशमलव २ किलोमिटर रहेको नागढुङ्गा–नौबिसे सडकमा ६ किलोमिटर सडक फाइनल कालोपत्र गर्न करिव ५ सय ३० टन बिटुमिन आवश्यक रहेको घिमिरेले बताउनु भयो । तत्काल आवश्यक बिटुमिन उपलब्ध भए १० दिन भित्र नागढुङ्गा–नौबिसे सडक खण्डको फाइनल कालोपत्र सम्पन्न हुने घिमिरेले जानकारी दिनुभयो ।

निर्माण व्यवसायीहरुले बिटुमिन अभावले आयोजनाको कालोपत्रको काम अघि बढाउन नसक्ने जानकारी सरकारी पक्षलाई गराइसकेको नागढुङ्गा–मुग्लिङ सडक योजना पूर्वी खण्डका योजना प्रमुख केशव ओझा बताउनु हुन्छ । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थमा लगाएको कोटा प्रणालीका कारण आयोजनामा प्रयोग हुने यन्त्र उपकरण सञ्चालन गर्न पर्याप्त डिजेल पेट्रोल पम्पहरुबाट उपलब्ध हुन नसकेको ओझाले बताउनु भयो ।

नागढुङ्गा–नौबिसे सडकखण्डको हालसम्मको भौतिक प्रगती ८८, र वित्तिया प्रगती ८२ प्रतिशत रहेको छ । बजारमा देखिएको पेट्रोलियम पदार्थको अभाव प्रत्यक्ष रुपमा आयोजना देखिएको छ । त्रिभुवन राजपथ क्षेत्रमा पर्ने यो सडक विश्व बैंकको ऋण सहयोगमा निर्माण भइरहेको हो । –न्युज एजेन्सी नेपाल

 तस्बिरः एआई