९ असार २०८३, मंगलवार
,
Latest
कञ्चनपुरका चार खाद्य उद्योगमा अनुगमनपछि उत्पादन रोक्का, लाखौँ मूल्यका सामग्री नष्ट सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँमा विद्युत् लाइन विस्तार



अ+ अ-

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाको बिनौनामा विद्युत् प्रसारण लाइन विस्तारको काम शुरु भएको छ । ठेकेदारको ढिलाइका कारण लामो समयसम्म रोकिएको १३२ केभीको प्रसारण लाइन विद्युत्को खम्बा गाडेर विस्तारको काम शुरु गरिएको हो । बिनौनाको धामपुर सबस्टेशनसम्म लाइन पुगिसके पनि सडक छेउमा पोल नगाडदा बस्तीमा विद्युत् सेवा पुर्याउन सकिएको थिएन ।

गाउँमा बत्ती बाल्न पोल गाड्ने कामको सुरुआत भएपछि स्थानीयहरु खुशी भएका छन् । बाँकेबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य पार्वती पुन उषाले पोल गाड्ने कार्यको शिलान्यास गर्नुभयो । राप्तीसोनारी–५ को चिलहरिया, बिनौना, टरुवा, सन्तपुर, जुरपानी, ललही, नयाँ बस्ती, बञ्जरिया, दक्षिण मुलाहा, अलीनगर, रामायणपुर र गोरधुईमा एक वर्षभित्र काम सक्ने गरी विद्युत् लाइन विस्तारको ठेक्का रेणु निर्माण कम्पनीलाई दिइएको छ ।

सो निर्माण कम्पनीका प्राविधिक भरतबहादुर खत्रीले एचटी लाइन १५ दशमलव दुई किलोमिटर र एलटी लाइन १६ किलोमिटर विस्तार गरिने जानकारी दिनुभयो ।




भर्खरै