३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि

माईतीघरमा अभियानकर्मीको प्रश्नः जनताको लागि सिंहदरबारको ढोका किन बन्द ? (तस्बिरसहित)

माईतीघरमा अभियानकर्मीको प्रश्नः जनताको लागि सिंहदरबारको ढोका किन बन्द ? (तस्बिरसहित)
अ+ अ-

काठमाडौं । चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले चुरे तथा वन जंगल संरक्षणको माग गर्दै माईतीघरमा प्रदर्शन गरेका छन् ।

वन जंगलको संरक्षण, दलित तथा भूमिहीन सुकुम्बासीहरूको भूमि अधिकार, र प्राकृतिक स्रोतको अवैध दोहन रोक्न माग गर्दै अभियानकर्मीहरू सडकमा उत्रिएका हुन् । प्रदर्शनकारीहरूले चुरे क्षेत्रको विनाश रोक्नुपर्ने, सिर्सिया नदीको बढ्दो प्रदूषण र अतिक्रमण नियन्त्रण गर्नुपर्ने, तथा ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन तत्काल बन्द गर्नुपर्ने माग गरेका छन् ।

उनीहरूले अवैध रूपमा सञ्चालित क्रसर उद्योगहरूलाई कानुनी दायरामा ल्याई बन्द गर्न सरकारसँग जोडदार माग गरेका छन् । जनताको सरकार जनताको लागि सिंहदरबारको ढोका किन बन्द ? राष्ट्रको समस्या कहिले देख्छौ सरकार ? जस्ता प्रश्नहरू प्रदर्शनकारीका प्लेकार्डमा कोरिएका छन् ।

माईतीघरमा भेला भएका प्रदर्शनकारीहरूले हातमा विभिन्न प्लेकार्ड र सरकारलाई बुझाउन तयार पारिएका ध्यानाकर्षण पत्रहरू बोकेका थिए । अभियानका प्रतिनिधिहरूकाअनुसार, वर्षौंदेखि भूमि अधिकारबाट वञ्चित दलित र सुकुम्वासीहरूको समस्या समाधान गर्न सरकार उदासीन देखिएको छ । प्राकृतिक सम्पदाको दोहनले वातावरणीय संकट निम्त्याइरहेको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराउन सिंहदरबारभित्र ज्ञापनपत्र बुझाउने प्रयास समेत गरेका छन् । प्रदर्शनका क्रममा अभियानकर्मीहरूले सडकमै बसेर आफ्ना मागहरू लेखिएका पत्रहरू प्रदर्शन गरेका छन् । चुरे संरक्षण अभियानले आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ । –न्युज एजेन्सी नेपाल

तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल