२४ भाद्र २०८३, बुधबार
,
Latest
गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

अव्यवस्थित बजार व्यवस्थापनले दुर्गन्धित बन्दै कोल्टीबजार



अ+ अ-

बाजुरा । जिल्ला सदरमुकाम मार्तडीपछिको दोस्रो ठूलो व्यापारिक केन्द्र कोल्टी दुर्गन्धित बन्दै गएको छ । बजार व्यवस्थापनमा कसैको चासो नहुँदा बजार दुर्गन्धित बन्दै गएको हो । बजारमा ढलको पानीले सुक्खायाममा पनि कोल्टीबजार हिलाम्मे बनेको छ । बजार अव्यवस्थित हुँदै जान थालेपछि सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । स्थानीय तहले ढल निकासका लागि कुनै पहल नगरेको स्थानीयवासीको गुनासो छ । जिल्लामा एक मात्र विमानस्थलसमेत रहेको सो बजारको यो स्थितिले त्यहाँका जनतामा निराशा छाएको छ ।

कोल्टीका स्थानीयवासीले तीन वर्षदेखि बिजुली र दुई वर्षदेखि नियमित पानीको समस्या व्योहोर्नुपरेको व्यापारीको गुनासो छ । देशका विभिन्न भागदेखि हवाईजहाजबाट कोल्टीमा अवतरण गर्दा बजारको व्यवस्थापनले बाजुराको पहिचान रहेको यो बजारमा बजारवासीले हरेक हप्ता सरसफाइ गरे पनि नहुने देखिएपछि स्थानीय तहलाई गुहार माग्दा पनि कुनै वास्ता नगरेको व्यापारी सञ्जय रोकायाले गुनासो गरे । मुख्य बजारमा जताततै सवारी साधन पार्किङ हुँदा सर्वसाधारणका लागि हिँड्ने बाटोसमेत छैन ।

मार्तडी–कोल्टी सडकको मुख्य केन्द्रका रुपमा रहेको बूढीढनन्दा नगरपालिका–२ मा पर्ने कोल्टीबजारको पुरानै खच्चर चल्ने सडक त्यही सडकमा सवारी पार्किङले बजार झन् अव्यवस्थित बन्दै जाँदा पनि स्थानीय सरकारले कुनै ध्यान नदिएको नागरिक अगुवा सर्पलाल गिरीले बताए ।नगरपालिकासँग पटक–पटक आग्रह गर्दा पनि ध्यान नदिएको गिरीको भनाइ छ ।

नगरपालिकाले त्यसका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले बजेटको व्यवस्थापनमा जुटेको आश्वाशन दिएको छ । कोल्टीबजारलाई व्यवस्थित गर्नका लागि आवश्यक पहल भइरहेको र केन्द्र सरकारलाई माग गरेकाले केही महिनामै यसको समाधान निस्कने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदत्त न्यौपानेले बताए ।