१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जबरजस्ती करणी प्रयासको आरोपमा वडाध्यक्ष नै पक्राउ



अ+ अ-

राजविराज । सप्तरीमा एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले आज सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ । वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

उनका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले आज बिहान साहलाई पक्राउ गरिएको हो । स्थानीय एक महिलाले आफूलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै साहविरुद्ध उजुरी दिएपछि उहाँलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक भारतीले बताए ।

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखी अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ ।