काठमाडौं । नेपाली बजारमा केहि दिन यता लगातार ओरालो लागेको सुनको मुल्य आज स्थिर रहेको छ। मंगलबार ७० हजार ८ सयमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
नेपाली सुन चाँदी व्यवसाय संघका अनुसार तेजावी सुन आज ७० हजार ५ सयमा कारोबार भइरहेको छ। तेजावी सुनको मूल्य मंगलबार तोलामा २ सयले घटेको थियो। चाँदी ८ सय ३० मा कारोबार भइरहेको छ।