२४ भाद्र २०८३, बुधबार
,
Latest
परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय माउन्टेन दिवस काठमाडौंमा



अ+ अ-

काठमाडौं । पर्वतीय पर्यटनको जानकारी गराउने उद्देश्य सहित नेपालमा पनि ‘छैठौं अन्तर्राष्ट्रिय माउन्टेन दिवस’ मनाइएको छ ।
नेपाल पर्वत आरोहण संघको आयोजनामा बुधबार काठमाडौंको वसन्तपुरदेखि ठमेल, केसरमहल हुँदै जयनेपाल स्थित संघको कार्यालयसम्म र्यालि निकाली ‘छैठौं अन्तर्राष्ट्रिय माउन्टेन दिवस’ मनाइएको हो । संघका अध्यक्ष शन्तबिर लामाले नेपाल हिमाल, पहाड र तराईको देश भएकाले पर्वतीय पर्यटनको सम्भावना र त्यस सम्बन्धी जानकारी गराउन पनि विश्व पर्वत दिवसको अवसरमा प्रभातफेरी निकालिएको बताउनुभयो । उहाँले हिमालदेखि तराई सम्म एक हौं र हाम्रो संस्कृति हाम्रो हिमाल भन्ने चिनाउनका लागि पनि र्यालि महत्वपूर्ण हुने बताउनुभयो ।

नेपालमा कुल भू–भागको ४३ प्रतिशत पर्वतिय क्षेत्र छ र त्यस मध्ये १५ प्रतिशत भू–भाग हिमाली क्षेत्र छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिउँ पग्लिदा हिमालहरुको अस्तित्व खतरामा परेको आरोहीहरु बताउँछन् । त्यस्तै सरकारले पर्वतारोहीहरुको उचित अनुगमन गर्न नसक्दा हिमालहरु फोहोर बन्दै गएको र पर्यावणीय प्रदुषण बढ्दै गएको वातावरणविद्हरु बताउँछन् ।