१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजार अनुगमनको कार्यशैली फेरिनुपर्छ : उद्योगमन्त्री भट्ट



अ+ अ-

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चेतनाको कमिका कारण उपभोक्ताहरु ठगिने गरेको बताउनुभएको छ ।

बजार व्यवस्थापन तथा उपभोक्त संरक्षणमा संघ, प्रदेश र स्थानीय तहबीचको समुन्वय सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टले यस्तो बताउनुभएको हो ।

उपभोक्ताहरुले कुनै वस्तु खरिद गर्दा उत्पादन भएको मिति, म्याद सकिने मितिका विषयमा जानकारी नै नराख्ने गरेका कारण ठगिको क्रम बढेको उहाँले बताउनुभयो । कुनै पनि वस्तु खरिद गर्दा म ठगिन सक्छु । मेरो स्वास्थ्यमा पतिकुल असर पर्छ कि पर्दैन भन्ने कुरामा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । उपभोक्ता हितका लागि बनेको संगठनहरुको प्रकृति र उद्देश्य बुझ्न जरुरी रहेको भन्दै मन्त्री भट्टले यसका लागि सचेतना अभियान गाउँ गाउँसम्म पुग्न जरुरी रहेको बताउनुभयो ।

बजार अनुगमनको कार्यशैली फेर्नुपर्ने भन्दै उहाँले अहिलेपनि मध्यमवर्गिय जनतामा वस्तुको मूल्य, उत्पादन र म्याद सकिने मिति सोध्न नसक्ने कमजोरी विद्यमान रहेको बताउनुभयो ।

ठगि गर्ने विरुद्ध पटक पटक हुने दण्ड जरिवनाको प्रकृति एउटै भएका कारण पनि उपभोक्तालाई ठगि गर्ने क्रम नरोकिएको उहाँले बताउनुभयो । उपभोक्ताको हक संरक्षणका लागि पहिले आफुबाट परिवर्तन हुन सकेमात्रै अरुलाई परिवर्तन गर्न सकिने उहाँले बताउनुभयो । अन्तरक्रियामा अन्य सहभागिहरुले यस्ता अभियानलाई वडा तहसम्म लैजानुपर्ने धारणा राख्नुभएको छ ।