२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवारले खर्चको विवरण बुझाएनन्, सात जनाको धरौटी जफत



अ+ अ-

चितवन । स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि जिल्लाका स्थानीय तहका उम्मेदवारले खर्चको विवरण बुझाएका छैनन् । जिल्लाका सात स्थानीय तहका ९१७ जनाले निर्वाचन कार्यालयमा खर्चको विवरण बुझाएका छैनन् ।

जिल्ला निर्वाचन अधिकारी हरि ढकालका अनुसार जिल्लाका सात स्थानीय तहमा दुई हजार २०३ उम्मेदवार रहेका थिए । तीमध्ये एक हजार २८६ जनाले मात्र खर्चको विवरण बुझाएको उहाँले जानकारी दिनुभयो ।

यस्तै प्रतिनिधिसभा र प्रदेशसभाका १२/१२ जनाले पनि खर्च विवरण नबुझाएको कार्यालयले जनाएको छ । साना राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले खर्चको विवरण नबुझाएका हुन् । उनीहरुलाई कार्यालयले ताकेता गरिरहेको भए पनि विवरण बुझाइनसकेको ढकालले बताउनुभयो । निर्वाचन सम्पन्न भएको ३० दिनभित्र उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने हुन्छ ।

यस्तै उप निर्वाचनमा जिल्लाका तीन वटा वडाध्यक्षका लागि उम्मेदवार बनेका सात उम्मेदवारको धरौटी जफत भएको छ । भरतपुर महानगरपालिका वडा नं १६, खैरहनी नगरपालिकाको वडा नं ४ र ५ मा १३ जना उम्मेदवार रहेका थिए ।

तीमध्ये सात जनाले सदरमतको १० प्रतिशत मत ल्याउन नसकेपछि धरौटी जफत भएको हो । तीनवटै वडामा नेपाली काङ्ग्रेसले विजयी हासिल गरेको छ ।