९ भाद्र २०८३, मंगलवार
,
Latest
अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई…
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीका नाममा ठगी, चार जना पक्राउ



अ+ अ-

काठमाडौं: काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जनालाई पक्राउ गरेको जनाएको छ।

कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा फिनल्यान्ड, माल्टा र सर्विया पठाइदिने भन्दै ठगी गर्ने गिरोहका सदस्यहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको जानकारी दिएको हो।

पक्राउ पर्नेमा कर्ण बहादुर राउत, आनन्द थापा, राधिका पाठक पौडेल र तिलक परियार रहेका छन्। उनीहरूले पीडितहरूबाट लाखौं रुपैयाँ असुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कर्ण बहादुर राउतले ५७ लाख रुपैयाँ ठगी गरेका छन् भने आनन्द थापाले ४ लाख ५० हजार, राधिका पाठक पौडेलले ४ लाख २० हजार र तिलक परियारले ८ लाख रुपैयाँ ठगी गरेका छन्।

उनीहरूले लामो समयसम्म पीडितलाई झुक्याएर विदेश नपठाई सम्पर्कविहीन भएको उजुरीपछि अनुसन्धान सुरु गरिएको थियो। पक्राउ परेकालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।