१ भाद्र २०८३, सोमबार
,
Latest
इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य देशभर मनसुनी वायुको प्रभाव लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै श्रावण शुक्ल पञ्चमीः वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम भारतीय प्रधानसेनापति सेठलाई आज नेपालको मानार्थ महारथीको दर्जा प्रदान गरिदै बडीमालिका पूजा आजदेखि प्रारम्भ ‘जनताले अनुभूति गर्ने गरी विकास गर्छौं’ : मुख्यमन्त्री भट्ट इतिहासको पानाबाट : यसरी सुरु भयो मानार्थ महारथीको सम्मान विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे



अ+ अ-

बागलुङ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

आजदेखि बागलुङमा सुरु भएको मिडिया मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले पत्रकारिता थप सुदृढ र प्रभावकारी बन्नुपर्ने बताउनुभयो ।

सरकारले बाटो बिराउन खोजे पत्रकारितामार्फत खबरदारी जरुरी रहेको उहाँको भनाइ थियो । पत्रकारले नागरिकका समस्या सरकारसँग र सरकारका काम जनतासम्म पुर्याउने पुलको काम गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “पत्रकारितालाई थप व्यवस्थित गर्न जरुरी छ, अहिले ‘सोसल मिडिया’का कारण समाजमा सत्यभन्दा असत्य समाचारले स्थान पाउन थालेका छन्, यसले जनतामा भ्रम छर्ने र सही सूचना पाउनबाट वञ्चित गरेको छ, अब पत्रकार सत्यमा आधारित भएर पत्रकारितालाई सृदृढ बनाउन जरुरी छ ।”

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले पत्रकारिताको वृत्ति विकास पत्रकारको क्षमता विकासका लागि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउँदै आएको बताउनुभयो । रासस