११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवाका बाढीपीडितका लागि चाँगुनारायणले ५० लाख सहयोग गर्ने भोटेकोशी बाढीपीडितका लागि इन्द्रावतीले १० लाख दिने विद्युत् आपूर्ति नियमित हुँदै बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीर्घकालीन दृष्टिसहित विद्युत् नीति निर्माणमा सरकार सक्रिय



अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् नीतिको मस्यौदामाथि आन्तरिक छलफल प्रक्रिया सुरु गरेका छन् ।

शुक्रबार मन्त्रालयमा आयोजित छलफलमा मन्त्री श्रेष्ठले समग्र ऊर्जा क्षेत्रको दिगो विकासलाई केन्द्रमा राख्दै संरचनागत तथा संस्थागत सुधार, ऊर्जा उपयोगको विस्तार र वातावरण संरक्षणलाई नीतिमा समेट्नुपर्नेमा जोड दिए ।

उनले विद्युत् नीति निर्माण गर्दा ऊर्जा क्षेत्रसँग सम्बन्धित तथ्य र तथ्यांक स्पष्ट रूपमा समेटिने गरी अघि बढ्न मातहतका निकायलाई निर्देशन दिएका छन् । नीतिको मस्यौदामाथि सरोकारवाला निकायसँग बृहत् छलफल गरी दीर्घकालीन दृष्टिकोणसहित अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री श्रेष्ठले गुणस्तरीय ऊर्जा आपूर्ति सुनिश्चित गर्ने, आन्तरिक खपत बढाउने, ऊर्जा सम्मिश्रण सन्तुलन गर्ने तथा जलवायु परिवर्तन को प्रभाव, ‘लस एन्ड ड्यामेज’ र कार्बन व्यापारजस्ता संवेदनशील विषयलाई विद्युत् नीतिले समेट्नुपर्ने आवश्यकता औंल्याए ।

उनले ऊर्जा क्षेत्रमा भविष्यमा देखा पर्न सक्ने चुनौतीलाई समयमै पहिचान गरी नीतिगत रूपमा सम्बोधन गर्नुपर्ने बताए । आगामी दिनमा बन्ने ऐन तथा कानुनका लागि विद्युत् नीति नै मार्गदर्शक बन्ने भएकाले यसलाई दूरदर्शी ढंगले तयार गर्नुपर्नेमा उनको जोड थियो ।

त्यसैगरी, विद्युत् नीतिले जलविद्युत् तथा स्वच्छ ऊर्जाको विकासमा दीर्घकालीन प्रभाव पार्ने पुँजी परिचालनको अवधारणालाई पनि समेट्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

ऊर्जा क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले निजी क्षेत्रको सहभागिता बढाउने र लगानीको प्रतिफल सुनिश्चित गर्ने व्यवस्था नीतिमै समावेश गर्नुपर्ने बताएका छन् ।