२४ भाद्र २०८३, बुधबार
,
Latest
चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सातौँ अन्तरराष्ट्रिय लोकवार्ता सम्मेलन शुक्रबारदेखि



अ+ अ-

काठमाडौँ । नेपाल लोकवार्ता संस्कृति समाजको आयोजनामा शुक्रबारदेखि सातौँ अन्तरराष्ट्रिय लोकवार्ता सम्मेलन हुने भएको छ । यही मङ्सिर २७ देखि २९ सम्म हुने सो सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का, जापान, अमेरिका, बेलायत, स्पेन र रुसका ९६ विज्ञले विभिन्न मुलुकका कला, संस्कृति, लोकबाजा, जातजाति, वेशभूषा आदिसम्बन्धी ८६ कार्यपत्र प्रस्तुत हुने बताइएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष तुलसी दिवसले सन् २००१ देखि शुरु भएको यस वर्षको कङ्ग्रेसमा लोककथा, लोकगीत र लोकनृत्यको एक विशेषसत्र पनि रहने जानकारी दिनुभयो । समाजले हालसम्म १० जातजातिको अध्ययन गरी पुस्तक प्रकाशन गरिसकेको छ । अन्य १२५ जातजातिका भाषा, भाषी तथा संस्कृतिका बारेमा पुस्तक प्रकाशन गर्न सकेमा नेपालको संस्कृतिलाई थप उचाइमा पु¥याउन सकिने दिवसले बताउनुभयो ।
काठमाडौँ महानगरपालिका, नेपाल प्रज्ञा–प्रतिष्ठान र लोयल्टी एकेडेमीको सहकार्यमा हुने सो सम्मेलनमा लोकवार्ता, लोकजीवन तथा अभौतिक सांस्कृतिक सम्पदा मुख्य विषय रहे पनि लोकवार्ता तथा विकास, लैङ्गिकता, शक्ति, सिर्जनात्मक लेखन काव्य, सांस्कृतिक सम्पदाको अध्ययन, कला, लोकभाषा, अमूर्त सांस्कृतिक सम्पदा, परम्परागत ज्ञानजस्ता अरु १८ उपविषय पनि रहने समाजका महासचिव चूडामणि बन्धुले बताउनुभयो ।
नेपाली जनतामा सांस्कृतिक चेतना जागृत गर्ने मुख्य उद्देश्य रहेको सो सम्मेलनमा नेपालका १२३ भाषाभाषीबारे पाठ्यक्रममा समावेश गर्ने, नेपालको प्राचीन इतिहास तथा संस्कृतिलाई उजागर गर्ने , देशको सांस्कृतिक पहिचानजस्तै इन्द्रजात्रा, काष्ठमण्डप, स्वयम्भू, बौद्ध, लुम्बिनी, कृष्णमन्दिर, रातो मच्छिन्द्रंनाथ, सेतो मच्छिन्द्रनाथ आदि सम्पदाबारेका ज्ञान आदानप्रदान गरिने छ । समाजका सचिव भीम रेग्मीले देशको संस्कृतिको उत्थान गरी सेवा गर्ने उद्देश्यले सो कार्यक्रम गर्न लागिएको बताउनुभयो ।