९ असार २०८३, मंगलवार
,
Latest
रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुख चयनबारे रास्वपाको स्पष्टोक्तिः ‘पहिला सभामुखको टुङ्गो लागोस्, अनि मात्र छलफल’



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपसभामुख चयनका विषयमा पार्टीभित्र हालसम्म कुनै औपचारिक छलफल सुरु नभएको स्पष्ट पारेका छन् ।

सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले सभामुखको निर्वाचन प्रक्रिया सम्पन्न भएपछि मात्रै उपसभामुखका विषयमा छलफल अघि बढाइने बताएका हुन् । लामिछानेले उपसभामुख चयनका क्रममा संवैधानिक व्यवस्था, व्यावहारिक पक्ष र विगतका संसदीय अभ्यासलाई सन्तुलित रूपमा ध्यान दिइने उल्लेख गरे।

उनले कतिपय अवस्थामा उम्मेदवारी नै नदिने परिस्थिति पनि आउन सक्ने संकेत गर्दै अन्य दलहरूसँगको समन्वय र संसदीय प्रक्रियाको क्रमिक विकासले आगामी निर्णय निर्धारण गर्ने धारणा राखे ।

सभामुखको भूमिकाबारे टिप्पणी गर्दै लामिछानेले निर्वाचित सभामुख निष्पक्ष, मर्यादित र सबै सांसदहरूको साझा अभिभावक हुनुपर्नेमा जोड दिए । उनले सभामुखले प्रतिपक्षलाई दबाउने वा नागरिकका मुद्दा रोक्ने किसिमको व्यवहार गर्न नहुने भन्दै सचेत रहन आग्रह गरे ।

लामिछानेले भने, “हामी अहिले उपसभामुखको छलफलमा प्रवेश गरेका छैनौँ । पहिला सभामुखको काम सकौँ, त्यसपछि मात्रै उपसभामुखबारे छलफल गरौँला । संवैधानिक व्यवस्था र व्यावहारिक परिस्थितिलाई हेरेर हामी अघि बढ्छौँ । जुन स्पिरिटमा मैले संसदमा आफ्नो मन्तव्य राखेको थिएँ, पार्टी त्यही स्पिरिटमा अडिग छ । सभामुख भइसकेपछि उहाँ पार्टीको रहनुहुन्न । लोकतान्त्रिक मूल्य–मान्यतालाई व्यवहारमा उतार्नुपर्छ ।”

उनले सभामुख पदलाई कुनै राजनीतिक दलको प्रतिनिधित्व नभई सिङ्गो संसद्को नेतृत्व गर्ने जिम्मेवार संस्थागत पदका रूपमा व्यवहार गर्नुपर्ने धारणा पनि राखे ।