१ भाद्र २०८३, सोमबार
,
Latest
टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य देशभर मनसुनी वायुको प्रभाव लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै श्रावण शुक्ल पञ्चमीः वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम भारतीय प्रधानसेनापति सेठलाई आज नेपालको मानार्थ महारथीको दर्जा प्रदान गरिदै बडीमालिका पूजा आजदेखि प्रारम्भ ‘जनताले अनुभूति गर्ने गरी विकास गर्छौं’ : मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख निर्वाचनमा एमालेको रणनीति: विपक्षीको पर्खाइ, आवश्यक परे आफ्नै उम्मेदवार



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको सभामुख चयनका लागि राजनीतिक दलहरूबीच अन्तिम समयसम्म रणनीतिक छलफल जारी रहँदा नेकपा एमालेले आफ्नो धारणा स्पष्ट पारेको छ। एमालेले विपक्षी दलहरूको भूमिकालाई प्राथमिकतामा राख्दै आवश्यक परे मात्रै आफ्नै उम्मेदवार अघि सार्ने संकेत दिएको हो।

एमालेका अनुसार यदि विपक्षी दलका तर्फबाट कुनै साझा उम्मेदवार उठेमा एमाले त्यसलाई समर्थन गर्न तयार रहनेछ। तर, विपक्षीबाट उम्मेदवारी नआए पार्टी आफैंले सभामुख पदका लागि उम्मेदवार दिने उनको भनाइ छ। यस विषयमा अन्तिम निर्णय दिउँसो १ बजे बस्ने सचिवालय बैठकले गर्ने जनाइएको छ।

एमाले स्रोतका अनुसार यस्तो अवस्थामा उपाध्यक्ष गुरु बराललाई सभामुखको उम्मेदवारका रूपमा अघि सार्ने तयारी छ। यद्यपि, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सभामुख चयनबारे औपचारिक छलफल नगरेको जनाएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले यस विषयमा कुनै निर्णय नभएको प्रतिक्रिया दिएका छन्।

यसबीच सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले भने उपसभापति डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउँदै मनोनयन दर्ता गरिसकेको छ। संसद्को वर्तमान अंकगणितअनुसार विपक्षी दलहरू एकजुट भए पनि अर्यालको जित सुनिश्चितजस्तै देखिएको छ।