१९ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने



Measles used to be a common childhood disease, but after an effective vaccine was developed, the disease was declared eliminated in the U.S. in 2000. This year’s outbreaks, however, put that status in jeopardy.
अ+ अ-

काठमाडौँ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङ जिल्लाका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउने भएको छ ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाप्रमुख डा अभियान गौतमले ढोरपाटन नगरपालिकामा दादुरा सङ्क्रमण फैलिएपछि जिल्लाका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउन लागिएको बताउनुभयो । उहाँले आगामी वैशाखदेखि खोप लगाइने बताउनुभयो ।

यसअघि दादुरा फैलिएपछि ढोरपाटन नगरपालिकामा खोप अभियान सञ्चालन गरिएको थियो । “दादुरा सङ्क्रमण अझ नियन्त्रणम आएको छैन,” उहाँले भन्नुभयो, “त्यही भएर जिल्लाभरिका बालबालिकालाई खोप लगाउने छौँ ।”

यस नगरपालिकामा १३ जनामा दादुरा देखिएको छ । भारतबाट आएका एक जना दादुरा सङ्क्रमितले ढोरपाटनमा दादुरा सङ्क्रमण फैलाएका थिए ।

शाखा प्रमुख डा गौतमका अनुसार अहिले दादुरा सङ्क्रमितको समुदायमा सक्रिय खोजी भइरहेको र उपचार तथा निगरानीसमेत भइरहेको छ  । रासस