९ भाद्र २०८३, मंगलवार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ



अ+ अ-

काठमाडौं ।  नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेता चयन प्रक्रियालाई पार्टीभित्रको एउटा स्वाभाविक लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने बताउनुभएको छ ।

निर्वाचनको नतिजा सार्वजनिक भएपछि आफ्नो धारणा राख्दै उहाँकले यस प्रक्रियालाई नकारात्मक ढंगले नहेर्न आग्रह गर्नुभएको हो । सांसद नेम्वाङले संसदभित्र सत्तापक्ष वा प्रतिपक्षको साँघुरो घेराभन्दा माथि उठेर जनता र देशको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सरकारका राम्रा कामलाई सहयोग गर्ने र कमजोरीहरूलाई रचनात्मक आलोचना र सुझावका साथ खबरदारी गर्ने आफ्नो नीति रहने स्पष्ट पार्नुभयो । उहाँले युवा पुस्ता र पार्टीका शुभचिन्तकहरूलाई हतोत्साहित नहुन आग्रह गर्दै यो आफ्नो पहिलो पाइला मात्र भएको र देश तथा जनताको हितमा निरन्तर काम गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले पार्टीभित्र रहिसकेपछि दलको नेता चयन गर्ने बेलामा लोकतान्त्रिक अभ्यासलाई अवलम्वन गर्ने प्रयास गरेका हौँ । यहाँ कुनैपनि दबाब भएको छैन । नतिजा मैले अपेक्षा गरेअनुसार नभए पनि अर्को उम्मेदवारलाई बढी योग्य ठानेर यो परिणाम आएको हुन सक्छ, जसलाई हामीले स्वीकार्नुपर्छ । आजको नतिजाले नेकपा एमालेभित्र रहेका कमजोरीहरूलाई सुधार्दै आत्मसमीक्षा र आत्मालोचना गर्ने अवसर दिएको छ । यसले भविष्यमा पार्टीलाई अझ सुदृढ बनाउनेछ ।’

एमालेले देशलाई समृद्धितर्फ लैजाने र जनताका मुद्दाहरू सधैँ उठाइरहने कुरामा आफू पूर्ण विश्वस्त रहेको पनि उहाँले बताउनु भयो । –न्युज एजेन्सी नेपाल