११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवाका बाढीपीडितका लागि चाँगुनारायणले ५० लाख सहयोग गर्ने भोटेकोशी बाढीपीडितका लागि इन्द्रावतीले १० लाख दिने विद्युत् आपूर्ति नियमित हुँदै बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी क्षेत्रको जीडीपी योगदान मापन गर्न देशव्यापी सर्वेक्षण सुरु हुने



अ+ अ-

काठमाडाैँ । सहकारी विभागले सहकारी क्षेत्रको योगदान मापन गर्न देशव्यापी सर्वेक्षण सुरु गर्ने भएको छ।

विभागले मंगलबार सूचना जारी गर्दै राष्ट्रिय तथ्यांक कार्यालयसँगको सहकार्यमा “सहकारी संस्था सर्वेक्षण, २०८२” सञ्चालन गर्न लागिएको जनाएको हो। सर्वेक्षणमार्फत राष्ट्रिय कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा सहकारी क्षेत्रले पुर्‍याएको योगदानको यथार्थ तथ्यांक संकलन गरिनेछ।

जारी सूचनाअनुसार आगामी चैत १९ गतेदेखि २०८३ असारसम्म छनोटमा परेका सहकारी संघ तथा संस्थाहरूमा स्थलगत रूपमा तथ्यांक संकलन गरिनेछ। यसका लागि गणकहरू खटाइने र उनीहरूले सम्बन्धित सहकारी संस्थाबाट आवश्यक विवरण संकलन गर्नेछन्।

विभागले सबै सहकारी संघ/संस्थालाई गणकहरूलाई आवश्यक विवरण उपलब्ध गराई सहयोग तथा समन्वय गर्न आग्रह गरेको छ। सर्वेक्षणबाट प्राप्त तथ्यांकले सहकारी क्षेत्रको आर्थिक योगदानको स्पष्ट चित्र प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।