९ भाद्र २०८३, मंगलवार
,
Latest
हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीको प्रलोभन देखाई ७० लाख ८० हजार ठगी गर्ने चार जना पक्राउ



अ+ अ-

काठमाडौं — नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले वैदेशिक रोजगारीका नाममा ७० लाख ८० हजार ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ।

कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आकर्षक तलबको प्रलोभनमा बेरोजगार युवायुवतीलाई विभिन्न देश पठाइदिने भन्दै लामो समयसम्म झुक्याएर सम्पर्कविहीन हुने गिरोहका सदस्यहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

पक्राउ परेकालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

पक्राउ पर्नेहरू:

रिजेन नगरकोटी (२८ वर्ष) — ललितपुर गोदावरी नगरपालिका–६ निवासी। न्यूजिल्याण्ड पठाइदिने भन्दै रु. १६ लाख ३० हजार ठगी गरेको आरोप।

मनोज़ चौधरी (२८ वर्ष) — दाङ निवासी, हाल काठमाडौं बसोबास। रोमानिया पठाउने भन्दै रु. ३ लाख ५० हजार असुलेको आरोप।

कमल पौडेल (३६ वर्ष) — दाङ चौधरी गाउँपालिका–१० निवासी, हाल काठमाडौं। अमेरिका पठाउने भन्दै रु. २ लाख ठगी गरेको आरोप।

वीर बहादुर खड्का (५८ वर्ष) — बर्दिया निवासी, हाल काठमाडौं। क्यानडा पठाउने भन्दै रु. २९ लाख असुलेको आरोप।

आशुतोष साह (२५ वर्ष) – महोत्तरी निवासी । युके पठाउने भन्दै रु. २० लाख ठगी

प्रहरीका अनुसार उनीहरूले पीडितहरूलाई वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै ठूलो रकम असुलेर सम्पर्कविहीन हुने गरेका थिए। पक्राउ परेकामाथि ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

प्रहरीले यस्ता प्रलोभनमा नपर्न र वैदेशिक रोजगारीका लागि आधिकारिक माध्यम मात्र प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।