१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटीलाई पछ्याउँदै लिभरपुल, ब्राइटन पराजित



अ+ अ-

इङलिस प्रिमियर लिगको उपाधि दौड अझै पनि खुला छ । शीर्ष दुई टिम म्यान्चेस्टर सिटी र लिभरपुलबीच अहिले तीन अंकको मात्र फरक छ ।

शनिबार साँझ भएको खेलमा लिभरपुलले ब्राइटनलाई २-० गोल अन्तरले पराजित गरेको छ । लिभरपुलको जितमा लुइज डायज र मो सलाहले १-१ गोल गरेका थिए ।

यो जितसँगै लिभरपुलले  २८ खेलबाट ६६ अंक जोडेको छ । लिगको पहिलो स्थानमा रहेको सिटीको समान २८ खेलबाट ६९ अंक छ ।