२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुखलाई नै सभामुख



अ+ अ-

काठमाडौं । उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउन मौलिक जरोकिलो पार्टीले अनुरोध गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख पदमा पुरुष व्यक्तिलाई निर्वाचित गराउन लागेको भन्ने समाचार सार्वजनिक भइरहेकामा मौलिक जरोकिलो पार्टी, महिला विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सभामुख पद रिक्त भएको अवस्थामा उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउनु भनेको एउटाको अपराधको सजाय अर्कोलाई दिनु जस्तै हो, जुन घोर अन्यायपूर्ण कार्य हुन जाने महिला विभाग संयोजक हिराकुमारी लामिछानेले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । उपसभामुखको कार्यसम्पादनको मूल्याङ्कन गरी तुम्बाहाम्फेलाई नै सभामुख बनाउनु न्यायसङ्गत हुने मौलिक जरोकिलो पार्टी, महिला विभागको ठहर छ ।