७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस

३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस
अ+ अ-

काठमाडाैँ । तीन दर्जनभन्दा बढी संस्थाबारे पुनरावलोकन गर्न सरकारलाई एक उच्चस्तरीय अध्ययन समितिले सिफारिस गरेको छ । सुशासन मार्गचित्र अध्ययन समितिले शासकीय सुधारका लागि सार्वजनिक निकायहरूको पुनर्संरचना गर्नुपर्ने सिफारिस गरेको हो ।

अघिल्लो सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शासकीय महाशाखा हेर्ने सचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा समिति गठन गरेको थियो । सो समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।

समितिले जेन–जी आन्दोलनको मागअनुसार तयार पारेको प्रतिवेदनमा पूर्ववर्ती तीनवटा उच्चस्तरीय आयोगका सुझावलाई समेटेर पहिलो चरणमा १६ वटा संस्था गाभ्ने, खारेज गर्ने वा प्रदेश÷स्थानीय तहमा हस्तान्तरण गर्नुपर्ने सिफारिस गरेको छ ।

समितिको प्रतिवेदनअनुसार कामको दोहोरोपना हटाउन, संघीयताअनुसार कार्यक्षेत्र बाँडफाँड गर्न र अनावश्यक संस्थाबाट राज्यको वित्तीय तथा प्रशासनिक बोझ घटाउन यस्तो पुनर्संरचना आवश्यक छ । प्रतिवेदनमा उल्लेख छ, “मुलुक संघीय संरचनामा गएपछि संघले गर्दै आएका कतिपय काम प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्नुपर्छ र कुनै कालखण्डमा निश्चित प्रयोजनका लागि गठन भएका संस्था अब सान्दर्भिक नभए खारेज गर्नुपर्छ ।”

गाभ्नुपर्ने प्रमुख संस्थाहरू स्नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानसँग गाभ्ने, मुद्रण विभाग, कानून किताब व्यवस्था समिति र सुरक्षण मुद्रण विकास समितिलाई सुरक्षण मुद्रण केन्द्रमा गाभ्ने, नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा नेपाल गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभेर प्राधिकरणमा रूपान्तरण गर्ने, न्याय सेवा तालिम केन्द्रलाई न्यायिक प्रतिष्ठानमा गाभ्ने, केन्द्रीय कानून पुस्तकालय विकास समितिलाई राष्ट्रिय पुस्तकालयसँग गाभ्ने, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, महिला स्वावलम्बन कोष र स्टार्टअप उद्यम कर्जा कोषलाई एकीकृत गरी ‘राष्ट्रिय उद्यमशीलता तथा स्वरोजगार कोष’ स्थापना गर्ने,  तराई मधेश समृद्धि कार्यक्रमलाई सम्बन्धित प्रदेशमा हस्तान्तरण गर्दा उपयुक्त हुने भन्दै सरकारलाई अध्ययन समितिले सिफारिस गरेको छ ।

त्यस्तै, खारेज गर्नुपर्ने प्रमुख संस्थाहरूमा बौद्ध दर्शन प्रवद्र्धधन तथा गुम्बा विकास समिति खारेज गर्न भनिएको छ । सो निकायले गर्ने कार्य लुम्बिनी विश्वविद्यालय र पुरातत्व विभागमा सर्ने भनिएको छ भने  न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज गर्न भनिएको छ । नेपाल रेल्वे बोर्ड खारेज गरेर उसले गरेका कार्य रेलवे विभागमा सर्न भनिएको छ ।

प्रतिवेदनअनुसार शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण खारेज गरे हुन्छ भने  जग्गा विकास चक्र कोष, नगर विकास समितिहरू खारेज गर्न भनिएको छ ।   बर्दिबास, बुटवल र सुर्खेत मेडिकल कलेजका पूर्वाधार निर्माण विकास आयोजनाहरू, राष्ट्रिय दुग्ध विकास बोर्ड खारेज गर्न भनिएको छ भने   जिल्ला निर्वाचन कार्यालयहरू खारेज गरी जिल्ला प्रशासन कार्यालयमा जिम्मेवारी हस्तान्तरण गर्न र प्रदेश स्तरमा प्रदेशिक निर्वाचन कार्यालय स्थापना गर्न सिफारिस गरिएको छ ।

प्रतिवेदन तयार पार्नुअघि डा. डिल्लीराज खनाल, पूर्वसचिव शंकर प्रसाद कोइराला र पूर्वअर्थसचिव रामेश्वर प्रसाद खनालको नेतृत्वमा गठित तीनवटा आयोगका सुझावहरुलाई समेत समेटिएको छ ।