५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

दुर्घटना रोक्न नयाँ योजना, सार्वजनिक सवारी र चालक निगरानीमा

दुर्घटना रोक्न नयाँ योजना, सार्वजनिक सवारी र चालक निगरानीमा
अ+ अ-

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनका चालकको लाइसेन्स पुनः परीक्षण गर्ने भएको छ । अत्यधिकमात्रामा सवारी दुर्घटना हुन थालेपछि त्यसको न्युनीकरणका लागि विभिन्न योजना ल्याउने भएकोे हो । नेपालको सडकलाई दुर्घटनाको प्रमुख कारण मानिए पनि चालकको लापरवाही नै पछिल्लो समय दुर्घटनाको कारक देखिन थालेको छ । पछिल्लो पटक सिन्धुपाल्चोकमा भएको सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं न्युनीकरणको उपाय लागु गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको निर्देशनपछि यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका चालकलाई तालिम, लाइसेन्सको पुनः परीक्षण, सडक पूर्वाधार प्रयोगको अनुमतिलाई परीक्षण गर्ने तयारीमा जुटेको हो । विभागले यस विषयमा कार्ययोजना बनाउने तयारी सुरु गरेको छ । नेपालमा बर्सेनि सडक दुर्घटनाका कारण सयौँले ज्यान गुमाउने गरे पनि यसलाई न्युनीकरणका लागि खासै योजना बनेका छैनन् । दुर्घटनापछि सडक, चालक र सवारीलाई दोष थुपारेर घटना थामथुम पारिन्छ । सडक दुर्घटनामा धेरैले ज्यान गुमाउने देशहरूमध्ये नेपाल पनि पर्छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकले नेपालमा करिब साढे चार हजार जनाले बर्सेनि ज्यान गुमाइरहेको देखाउँछ । सरकारी तथ्यांकले भने करिब साढे दुई हजार जनाले ज्यान गुमाइरहेको बताउने गरेको छ । तर, अब कार्ययोजना बनाउने तयारी सुरु भएको छ । विभिन्न निकायलाई जिम्मेवारी दिएर त्यसै अनुरुप कार्यायोजना बनाइने विभागले जानकारी दिएको छ । दुर्घटना बढ्न थालेपछि प्रधानमन्त्री ओलीले सोमबार गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं मन्त्रालयका पदाधिकारीलाई सडक दुर्घटना घटाउने कार्ययोजना बनाएर तत्काल लागु गर्न निर्देशन दिए ।

गृहमन्त्री रामबहादुर थापा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ तथा गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशकलगायतलाई प्रधानमन्त्रीले संयुक्तरूपमा निर्देशन दिँदै कार्ययोजना बनाउन भनेका छन् । भावुकरूपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले पछिल्लो पटक सडक दुर्घटनामा भएका मानवीय क्षतिले आफूलाई निद्रा नपरेको भन्दै यसलाई तत्काल घटाउने गरी सडक नियम पालना गराउन भनेका छन् ।

‘सिन्धुपाल्चोकको सडक दुर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिसे भएको खबर पढेँ, बिरामी अवस्थामा रहेर हो कि, म निकै भावुक भएँ । हिजो खाना खान र सुत्न पनि सकिनँ’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता दुर्घटनाले ठूलो संख्यामा सक्षम जनशक्तिको क्षति भएको छ । त्यसले कति वृद्धवृद्धा र बालबालिकालाई बेसहारा बनाएको छ । यसलाई तत्काल रोक्ने कार्ययोजना बनाउनु पर्यो ।’ प्रधानमन्त्री ओलीले निजी सवारी साधनको तुलनामा सार्वजनिक यातायात दुर्घटना हुँदा ठूलो जनधनको क्षति हुने भएकाले यसलाई विशेष योजना नै ल्याउन भनेका छन् ।

‘सिटभन्दा बढी यात्रु राख्न नदिने, छतमा यात्रु राख्न नदिने, निर्माण पूरा नभएका वा यातायात सञ्चालनका लागि योग्य नभएका सडकमा सञ्चालन अनुमति नदिने, चालकको क्षमता परीक्षण गर्नेजस्ता काम तत्काल गरिहाल्नुस्’, प्रधानमन्त्री ओलीले भने, ‘सडक पूर्वाधारको स्वीकृति गर्दा दोहोरो सवारी नचल्ने संरचना स्वीकृत नगर्नुस्, तीव्र गतिका सवारीलाई रोक्ने गरी संरचनाको अनिवार्य व्यवस्था गर्नुस्, बस चालकको कक्षमा ध्यान अन्तै मोड्ने खालका मानिस तथा सामग्री छन् भने हटाउने स्पष्ट नियम बनाउनुस् ।’

हवाई दुर्घटनामा जस्तै हरेक सडक दुर्घटनाका कारणको छानबिन गरी प्रतिवेदन तयार गर्न र सोही अनुरुपको सुधार गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशन अनुरुप यस आर्थिक वर्षमा भएका सडक दुर्घटनाको छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता गृह मन्त्रालयले व्यक्त गरेको छ ।

छलफलमा गृहसचिव प्रेमकुमार राईले सडक दुर्घटनाको वर्तमान अवस्था, त्यसलाई कम गर्ने उपाय र रोकथामका लागि भएका प्रयासबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । यसैगरी भैतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्की र ट्राफिक प्रहरी प्रमुख भीम ढकालले पनि आ–आफ्नो विभागबाट भएका प्रयासबारे जानकारी गराएका थिए । सौर्य दैनिकबाट