१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते



अ+ अ-

धनुषा। धनुषाको धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार ढल्केबरबाट पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०२–००४ प. १८९५ नम्बरको मोटरसाइकललाई मधेस प्रदेश ०२–००१ च १६४७ नम्बरको माछा बोकेको महिन्द्रा पिकअपले ठक्कर दिएको हो ।

दुर्घटनामा क्षीरेश्वरनाथ नगरपालिका–६ कुचाइटोल बस्ने  ५५ वर्षीय समीम खानको मृत्यु भएको प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिनुभयो । दुर्घटनालगत्तै खानलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा जनकपुरधाम उपमहानगरपालिका–४ का ५० वर्षीय विनोदसिंह घाइते हुनुभएको छ । उहाँको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न पिकअप चालक सिरहाको सुखीपुर–३ बस्ने दिनेश सहनीलाई  नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस